नेभिगेसन मेनु

याङवाङले ल्यायो यू–९ सुपरकार
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-29 12:58

yanwang2024-02-29-10-24-52

बिवाइडीको ब्रान्ड याङवाङले आफ्नो पहिलो इलेक्ट्रिक सुपरकार मोडेल (इभी) यू–९ सार्वजनिक गरेको छ । सार्वजनिक भएको बिवाइडीको पहिलो प्रिमियम उपब्रान्डअन्तर्गत भएको र प्रतिकिमि ३०९.१९ किलो गुड्न सक्ने कम्पनीले जनाएको छ । 

यू–९ मोडेल इफोर प्लाटफर्म र डिसस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली भएको कार हो । यसले इभी कारको क्षेत्रमा क्रान्ति ल्याउने कम्पनीको दाबी छ । यसको बिक्री भने यही अंग्रेजी वर्षको गर्मीयामबाट सुरु हुनेछ । ‘टाइम गेट’ डिजाइनको भाषालाई अनुशरण गर्दै याङवाङको विशिष्ट सौन्दर्यकला प्रतिबिम्बित गर्नेछ, जसले समानुपात र पावरको बोध गराउने बताइएको छ । 

सुपर कार्बन फाइबर केबिनलाई गर्मीमा प्रतिरोधी हुन विभिन्न सामग्रीबाट बनाइएको र यो आगामी पिँढीको सिबिटी प्रविधि भएको पनि कम्पनीले जनाएको छ । यसको मूल्य नेपाली तीन करोड रुपैयाँभन्दा बढी छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर