नेभिगेसन मेनु

नेपालले पहिलो पल्ट अनुभव गरेको अनौठो जात्रा : चिनियाँ नयाँ वर्षे जात्रा
सम्पादक:南亚网络电视
समय:2024-02-15 14:19

IMG_6910

दुई देशको भिन्दा भिन्दै सांस्कृतिक मान्यता बोकेका दैत्यसक्ती। एस् ए टि भी/विशाल श्रेष्ठ

यस वर्ष नेपालीले चिनियाँ सभ्यतासँग परस्पर हुने नयाँ आयाम सुरु गरेको छ। चिनियाँ नयाँ वर्षको पाँचौं दिन बुधबार काठमाण्डौंका तिनै वटा ऐतिहासिक सहरहरूमा चिनियाँ नयाँ वर्षे परेड गरिएको छ। चिनियाँ चन्द्र पञ्चाङ्ग अनुसार पहिलो महिनाको पञ्चमी तिथिको अवसरमा बुधबार नयाँ वर्षको पाचौं दिन अर्थात् ‘धनका देव’ लाई स्वागत गरिएको छ। नेपाली पात्रो अनुसार पनि पञ्चमी तिथि पर्न गएको संयोग पार्दै चिनिया ‘धनका देव’लाई नेपालको विद्याकी देवी हाँडिगाँउको सरस्वती मन्दिर अगाडिको डबलीमा स्वागत गरिएको थियो।

IMG_6734

सांस्कृतिक समुदाय हाँडीगाउँ, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा चिनियाँ सभ्यता अनुसार शुभ मानिने अजिङ्गर, सिंह र किरिङ नाच प्रस्तुत गरिएको छ। सम्पदा र संस्कृतिले धनी सहरहरुले पनि सांस्कृतिक आदान प्रदानलाई आत्मसाथ गर्दै आफ्नो संस्कृति चिनियाँ पाहुनामाझ पस्किएका छन्।

IMG_6849

नेपालस्थित चिनियाँ दूतावासले बिहानैदेखि नेपाल पर्यटन बोर्ड र चिनियाँ प्रवासी संघको सहयोगमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चिनियाँ र नेपाली (विशेष गरी नेवारी) सांस्कृतिक मेलमिलाप कार्यक्रमहरूको आयोजना गरेको थियो। चीनको हरेक शुभ अवसरमा अनिवार्य प्रस्तुत गरिने ड्र्यागन डान्स, लायन डान्स र किरिङ नृत्य यस वर्ष नेपाली समाजले पनि अनुभव गरेका छन्।

IMG_6834

कार्यक्रमको सुरुवात १० बजे काठमाडौंको हाँडीगाउँबाट भएको थियो। हाँडीगाउँले नेपालका लागि चीनका राजदूत छन् सोङ र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई रातो टीका, कालो भादगाउँले टोपी र घाँटीमा परम्परागत रातो ध्वजा लगाएर सामुदायिक प्रवेशद्वारमा स्वागत गरेको थियो। स्वागत संगीतको रुपमा नेवारी बाँसुरी बजाइएको थियो ।

IMG_7945

त्यसै गरी कार्यक्रमको दोस्रो चरण १ बजे भक्तपुरमा आयोजना गरिएको थियो। भक्तपुर महानगरपालिका मेयर सुनिल प्रजापतिले राजदूत छन् सोङ र पाहुना टोलीलाई खादा लगाई स्वागत गर्नु भएको थियो। अन्त्यमा ४ बजे पाटन पुग्नुभएको सांस्कृतिक टोलीलाई ललितपुर महानगर पालिका वडा नं ५ का प्रमुख विकास मान श्रेष्ठले स्वागत गर्नुभएको थियो। 

IMG_8229

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले तीन वटा परेडमा सहभागी भई मन्तव्य दिनुभएको थिए । यस नयाँ वर्षको परेडले सर्वसाधारण र पर्यटकका लागि चिनियाँ वसन्त पर्वको अनुपम अनुभूति गराउने विश्वास लिएको उहाले बताउनु भयो।

IMG_8481

चिनियाँ संस्कृतिमा चाडपर्व परिवारहरूको पुनर्मिलन र पुरानोलाई बिदाइ, नयाँलाई स्वागत गर्ने उत्सवको दिन हो। गत वर्ष, संयुक्त राष्ट्र संघको ७८ औं महासभाको सर्वसम्मतिले चिनियाँ वसन्त चाडलाई संयुक्त राष्ट्रको छुट्टीको रूपमा तोक्ने प्रस्ताव पारित गरेको थियो। यो प्रस्ताव पारित गर्नाले विश्वका विभिन्न सभ्यताहरूबीचको आदानप्रदान र आपसी सिकाइलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने छ। साथै चिनका राष्ट्रपति सी जिनफिङले प्रस्ताव गरेको विश्व सभ्यताको पहललाइ थप उचाइमा पुर्याउनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर