नेभिगेसन मेनु

नेपालमा आयोजित दीप प्रदर्शनी: चिनियाँ नयाँवर्षमा रङ्गीयो रत्नपार्क
सम्पादक:南亚网络电视
समय:2024-02-08 13:13

IMG_3000

दीप प्रदर्शनीकालागि रत्नपार्कमा सजाइएको ३०० अधिक चिनियाँ लालटेनहरु। तस्बिर-एस् ए टि भी /विशाल श्रेष्ठ 

एस् ए टि भी, माघ २५। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा बुधबार साँझ नेपालमा नयाँ वर्ष श्रृङ्खलाको मुख्य आकर्षणको रूपमा: "पहिलो चिनियाँ नयाँ वर्ष लाइट शो उद्घाटन समारोह" आयोजना गरिएको छ । काठमाडौंको रत्नपार्कमा रोमाञ्चक ढंगले बनाइएका  तीन सयभन्दा बढी लालटेन अनावरण गरिएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको यो पहिलो लालटेन प्रदर्शनी हो। प्रदर्शनीमा ड्रागन, खरायो, पाँच तल्ले मन्दिर लगायत चिन र नेपालका विभिन्न आस्थाका प्रतिकहरु प्रदर्शनिका लागि राखिएको थियो।

IMG_3194

उद्घाटन समारोहमा  नेपाल सरकारका तर्फबाट नेपालका नागरिक उड्डयन तथा संस्कृति, पर्यटनमन्त्री सुदान किराँतीको प्रमुख अतिथ्य थियो भने, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, नेपाल समाजवाद पार्टीका उपाध्यक्ष हिसिला यमी, नेपाल पर्यटन बोर्डका उच्च पदाधिकारी लगायत पत्रकारहरुको विशिष्ट उपस्थिति रहेको थियो।

IMG_3290

दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन आयोजना गरिएको दीप प्रदर्शनीमा प्रमुख अतिथि सुदान किराँती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रुपमा रङ्गीन पार्कको अवलोकन गर्नु भएको थियो। प्रदर्शनीमा पाहुनाहरुलाई दीप प्रदर्शनीका साथै नेपाल चाइनिज कल्चरल सेन्टरले तयार पारेको क्यालिग्राफी, पेन्टिङ चिनियाँ खानाको स्वाद समेत वितरण गरिएको थियो। 

IMG_3125

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सुदान किराँतीले आफ्नो मन्तव्य पेश गर्नुहुँदै यो लाइट शो नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको प्रमुख कार्यक्रम भएको बताउनुभयो । उहाले नेपालको आर्थिक विकासमा चीन सरकार र नेपालस्थित चिनियाँ दूतावास तथा विदेशमा रहेका चिनियाँहरूले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको भन्दै धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा चीन र नेपालबीचको मित्रतालाई अझ प्रगाढ बनाउन थप साँस्कृतिक आदानप्रदानका गतिविधि हुने विश्वास व्यक्त गर्नुभयो ।

IMG_3115

नेपालका लागि चिनियाँ राजदूत छन सोङले अरूको घरको बत्ती निभाउँदा आफ्नै घरमा उज्यालो नहुने भन्दै यस लाइट शो को आयोजनाले चीन र नेपालका जनताबीचको गहिरो मित्रता झल्काएको बताउनु भएको छ। साथै दुई देशका जनतालाई थप फाइदा पुर्याउन आगामी दिनमा नेपालमा थप सहकार्यका परियोजनाहरू सञ्चालन गर्ने जनाउनु भएको छ।

IMG_3314

बत्तीले जग उज्यालो बनाए जसरी दुई देश बीचको सम्बन्धमा सकारात्मक प्रकाश पार्न लालटिन प्रदर्शनीको आयोजना गरिएको हो। नेपालीले चिनियाँ संस्कृति र परम्परा बुझ्ने मौका विरलै पाउने हुँदा यस प्रदर्शनीले हरेक नेपालीलाई चिनियाँ कला, सांस्कृति र परम्परासँग परस्पर गराउने र चिनियाँ सांस्कृतिको आकर्षणलाई नजिक बाट नियाल्ने अवसर प्रधान गरेको छ। 

आगामी शनिबारदेखि सुरु हुने परम्परागत चिनियाँ नयाँ वर्ष तथा वसन्त पर्वको अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । शुक्रबारदेखि राजधानीका विभिन्न स्थानमा ड्र्यागन, लायन र किरणको नृत्य प्रस्तुत हुँदैछ । शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ठमेलमा, शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म दरबारमार्गस्थित स्वर्गीय राजा महेन्द्रको शालिक क्षेत्रमा र अर्को बुधबार हाण्डिगाउँको गहनापोखरीमा नृत्य प्रस्तुत गरिने छ । सोही दिन नयाँ वर्षको अवसरमा भक्तपुर दरबार स्क्वायरमा दिउँसो १ः३० देखि ३ बजेसम्म र पाटन दरबार स्क्वायरमा अपरान्ह ४ः३० देखि साँझ ६ बजेसम्म ड्र्यागन, लायन र किरण नृत्य प्रस्तुत गरिने छ ।

नेपाल र चीनबीचको मैत्रीपूर्ण फुटबल खेल शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सव हुने भएको छ । महोत्सवमा खाद्य परिकार, साँस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् ।

प्रदर्शनीका अन्य झलकहरू :

IMG_3004

Weixin Image_20240207203600

Weixin Image_20240207203549

IMG_3412

IMG_3348

IMG_3339

IMG_3330

IMG_3169

IMG_3150

IMG_3144

IMG_3062

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर