नेभिगेसन मेनु

सिल्क रोड युवा फोरम सफलता पूर्वक सम्पन्न, आपसी सहकार्य अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर
सम्पादक:南亚网络电视
लेखक: विशाल श्रेष्ठ
समय:2024-01-27 17:13

IMG_2208

शनिवार काठमाण्डौंस्थित होटल याक एण्ड यति मा "सिल्क रोड युवा फोरम-दक्षिण एसिया सहयोग सम्मेलन" कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। तस्बिर - विशाल श्रेष्ठ/एस् ए टि भी 

एस् ए टि भी, माघ १३ गते।  कार्यक्रमलाई विश्व सिनोलोजी सेन्ट्रल बेइजिङ भाषा र संस्कृति विश्वविद्यालय तथा सिल्क रोड इन्टरनेशनल थिंक ट्याङ्क एक्सचेन्ज सेन्टरले आयोजना गरेको थियो भने साइनो नेपाल मिडिया सोसाइटीद्वारा सहआयोजना गरिएको थियो।

IMG_2393

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको इतिहास शताब्दीयौं पुरानो भएकाले नेपालको समृद्धिका लागि चीन सरकारबाट सदियौंदेखि महत्वपूर्ण सहयोग प्राप्त हुँदैआएको बताउनुभएको छ ।

“हाम्रा दुई राष्ट्रबिचको सम्वन्ध पारस्परिक र सम्मानमा आधारित छ । हामी नयाँ युगको मुहानमा उभिरहेका छौं” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपाल र चीनबिचको सम्बन्ध प्रगाढ बनाउन यो युगले योगदान गर्ने विश्वास गरेका छौं । पछिल्ला वर्षहरूमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।”

IMG_2390

नेपालस्थित चिनियाँ राजदूताबासका काउन्सुलर से युले नेपाल र चीनबिचको सम्बन्ध निकै पुरानो भएजस्तै दुवै देशका युवाहरुबिचको सम्बन्ध र समन्वय पनि त्यहीअनुसार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । भविष्यमा त्यसको परिणाम देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

IMG_2366

मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले भक्तपुरको  पुरातात्विक र सांस्कृतिक सम्पदाको चर्चा गर्नुहुँदै आउने पर्यटकको सही व्यवस्थापन गर्न अझै सक्षम हुन नसकेको बताउनुभयो । त्यसका लागि गुरुयोजनासहित काम भइरहेको जानकारी दिनुभयो । 

IMG_2379

चीनको सिल्क रोड युथ फोरम अन्तर्राष्ट्रिय युवाहरुको ज्ञान आदान–प्रदान गर्ने मञ्च हो । फोरमले विभिन्न देशका युवाहरुबिच एकता, मित्रता र प्रगतिको उद्देश्यलाई आत्मसात गर्दैआएको जनाएको छ । यसले बेल्ट एण्ड रोडमा जोडिएका मुलुक र क्षेत्रका युवाबिचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गर्दैआएको बताइन्छ ।

IMG_2430

साइनो नेपाल मिडिया सोसाइटी र सिल्क रोड युथ फोरम तथा चीनमा रहेको नेपाल राष्ट्रिय मण्डप र भारतको संस्थासँग आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा समझदारी पत्रमा कार्यक्रममा हस्ताक्षर गरिएको छ ।

नेपालका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सिल्क रोड युथ फोरमका उपाध्यक्ष तथा महासचिव श्री याङ तोङपिङ, मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ, नेपालस्थित चिनियाँ दूतावासका कमर्शियल काउन्सिलर श्री से यु, नेपाल परराष्ट्र मन्त्रालयका प्रवक्ता मातृका पौड्याल, जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर इनर एशियन स्टडीजका सहायक प्राध्यापक श्री सेतन नामग्याल लगायत अन्य पाहुनाको विशिष्ट उपस्थिति रहेको थियो।

IMG_2267

कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता मात्रीका पौडेल, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक सेतान आमाग्याल, भुटानी आर्टिष्ट सेरिङ डोर्जे, नेपाल चाइना कल्चरल र एजुकेशनल काउन्सिलका सचिव दिलिप आचार्य, अरनिको प्रोजेक्ट नेपालका अनेका राजभण्डारी लगायतले नेपाल र चीनबीचको सम्बन्ध, चीनले छिमेकी राष्ट्रसँगको अन्तर कनेक्टिभिटीमा खेलिरहेको भूमिकाबारे चर्चा समेत गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर