नेभिगेसन मेनु

चिनियाँ दूतावासले मनायो तिब्बतीयन नयाँ वर्ष
सम्पादक:南亚网络电视
समय:2024-01-29 14:02

Image_20240129155448

एस् ए टि भी, माघ १५ गते। नेपालस्थित चिनियाँ दूतबासले तिब्बती नयाँ वर्ष मनाएको छ। आईतबार होटल याक एण्ड यतिमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै दूतावासले नयाँ वर्ष मनाएको हो। कार्यक्रममा तिब्बती र नेपाली गरी झण्डै एक हजार जनाको उपस्थिति रहेको थियो।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले मन्तव्य मार्फत सबै पाहुनालाई चीन सरकारको तर्फबाट न्यानो स्वागत व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राजदूत सोङले नेपालमा गत वर्षको आन्तरिक आर्थिक उपलब्धि र तिब्बत स्वायत्त क्षेत्रले सिङ्गो देशको बलियो समर्थनमा विभिन्न उपक्रमहरूमा हासिल गरेको चौतर्फी प्रगति र ऐतिहासिक उपलब्धिहरूको चर्चा समेत गर्नु भएको थियो।

राजदूत छन् सोङले विदेशमा रहेका चिनियाँहरूका लागि दूतावास सधैं न्यानो घर हुने कुरामा जोड दिनुहुदै दूतावासले जनताको हितका लागि जनमुखी कूटनीतिको अवधारणालाई निरन्तरता दिने र ठूलो संख्यामा तिब्बती स्वदेशीहरूलाई हृदयदेखि उत्कृष्ट सेवा प्रदान गर्ने कुरा प्रष्ट पार्नुभयो। तिब्बती नयाँ वर्षको स्वागत समारोहले नेपालमा रहेका तिब्बतीहरूका लागि भेला हुने मञ्च मात्र उपलब्ध नगराई विदेशमा रहेका तिब्बतीहरूप्रति चिनियाँ सरकारको सहयोग र समर्थन दर्शाएको छ।

दूतावासको निमन्त्रणामा गान्सु प्रान्तको गन्नान तिब्बती स्वायत्त प्रान्तको गीत तथा नृत्य टोलीले नेपालमा रहेका तिब्बती स्वदेशीहरूलाई नयाँ वर्षको शुभकामना ब्यक्त गरेको छ। कलाकारहरूले प्रशन्नताका साथ तिब्बती विशेषताहरुले भरिपूर्ण परम्परागत नृत्य, गीत र संगीत वाद्ययन्त्रहरू सहित कार्यक्रमहरूको श्रृंखला प्रस्तुत गरेका थिए।

समारोहमा उत्कृष्ट गायन र नृत्य प्रस्तुतिको आनन्द मात्र नभई तिब्बती संस्कृतिको अनुपम आकर्षण र चिनियाँ राष्ट्रको ठूलो परिवारको एकता र सद्भाव पनि महसुस गरेको नेपाली दर्शकहरूले बताएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर