नेभिगेसन मेनु

चीनको आन्हुई प्रान्तले मनायो काठमाण्डौमा नयाँ वर्ष
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-01-25 13:56

IMG_1977

दुई देशको राष्ट्रगान प्रति सम्मान व्यक्त गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे र नेपालका लागि चीनका राजदूत महामहिम छन् सोङ । तस्बिर - विशाल श्रेष्ठ/एस ए टि भी

एस् ए टि भी, माघ ११ गते। चिनियाँ नयाँ वर्ष (वसन्त चाड)को उपलक्ष्यमा बुधबार काठमाण्डूमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको आतिथ्यतामा दरवारमार्गस्थित होटल याक एण्ड यतिमा सो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

IMG_2205

चीनको आन्हुई प्रान्तको साँस्कृतिक तथा पर्यटन विभाग र नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा संघीय संसदका सभामुख देवराज घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ,  नेपाल र चीनका उच्च पदाधिकारी, नेपालमा रहेको चिनियाँ संस्कृति केन्द्र लगायत अन्य अतिथिको विशिष्ट उपस्थिति रहेको थियो।

IMG_2035

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्नु हुँदै संघीय संसदका सभामुख देवराज घिमिरेले हिमाल, नदी, धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदैआएको बताउनु भयो । सभामुख घिमिरेले ऐतिहासिक सम्बन्ध रहेका नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा आर्थिक, व्यापारीक, राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिल हुँदै आएको बताउनु भयो ।  नेपाल र चीनबीचको सम्बन्ध हिउँ र नदीजस्तै पवित्र साथै हिमालजस्तै विशाल र अटल रहेको सभामुख घिमिरेको भनाई छ । 

सभामुख घिमिरेले एक चीनको नीति हाम्रो घोषित नीति हो भन्दै नेपालको भूमि प्रयोग गरेर हुने कुनै पनि किसिमका चीनविरोधी गतिविधिलाई नेपालले पूर्णरुपमा बन्देज गरेको स्मरण गराउनु भयो ।  सभामुख घिमिरेले चिनियाँ नयाँ वर्षको अवसरमा चिनियाँ जनताको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकता र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो । 

IMG_1990

कार्यक्रममा मन्तव्य पेश गर्नुहुदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्ने महत्वपूर्ण अवसरमा नेपाल चीन सम्बन्धको द्रूत र तिब्र विकासको शुभकामना व्यक्त गर्नुभयो । नेपाल र चीन पहाड र नदीहरुले जोडिएका पुस्तौंपुस्तादेखिका मित्रवत सम्बन्ध भएका देश हुन भन्दै राजदूत छन् सोङले कुटनीतिक सम्बन्ध स्थापना भएको ६८ वर्षको अवधिमा दुवै देशले आआफ्ना कार्यबाट ठूला र साना मुलुकबीच समान व्यवहार  र द्वीपक्षीय जीतमुलक सहकार्यको उदाहारण प्रस्तुत गरेको बताउनु भयो । 

गत वर्षको सेप्टेम्वर महिनामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको चीनको औपचारिक भ्रमणको स्मरण गर्नुहुँदै राजदूत छन् सोङले सो भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतका उच्च नेताहरुसँगको भेटले नेपाल र चीनबीचको मित्रतालाई प्रगाढ बनाउने र पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा व्यापक सहमती भएको जानकारी दिनुभयो । राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सहयोगको रणनीतिक साझेदारीलाई नयाँ उचाईमा प्रवद्र्धन गरेको पनि बताउनु भयो । 

चीनले जहिले पनि आफ्नो विकास, विश्वको हित र विश्वको फाईदामा जोडदिँदै आएको बताउनु हुँदै राजदूत छन् सोङले चिनियाँ जनतालाई मात्र राम्रो जीवन जिउने अवसरको सिर्जना नगरी नेपाल लगायत अन्य देशका मानिसहरुलाई पनि राम्रो जीवन विताउन मद्दत गरेको बताउनु भयो । राजदूत छन् सोङले दुई देशका नेताहरुले बनाउनु भएको महान खाकालाई नयाँ वर्षमा संयुक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोडदिनुभयो । 

IMG_2131

"सुन्दर आन्हुई नेपालमा" अन्तरगतको सो भव्य साँस्कृतिक कार्यक्रममा चीनको आन्हुई प्रान्तका कलाकारहरुले विभिन्न साँस्कृतिक तथा साँगीतिक प्रस्तुतीहरु दिएका थिए । ती साँस्कृतिक कार्यक्रमहरुमा चिनियाँ ओपेरा मुहार परिवर्तन, डान्स सेभेन्टिन, एट्टिन, नेस्नल इन्सटुमेन्टल म्युजिक, एग्रोबेट्स बटरफ्लाई, जुलियट र रोमियोको प्रेमकथामा आधारित नाटकको चिनियाँ श्रृंखला आदि थिए । समारोहमा प्रस्तुत गरिएका आकर्षक साँस्कृतिक प्रस्तुतीहरुले दर्शकहरुको मन जित्न सफल भएको सहभागीहरुको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर