नेभिगेसन मेनु

प्रतियुनिट ९.३३ देखि १०.६३ रुपैयाँको रेन्जमा विद्युत् बिक्री गर्ने तयारी, डलरमा पिपिए गरिने
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-01 13:17

WeChat Screenshot_20240201110057

बंगलादेशले ४० मेगावाट विद्युत् खरिद गर्न नेपालसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल) मागेको छ । बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले नेपाल विद्युत् प्राधिकरणसँग यस्तो प्रस्ताव मागेको हो । यससँगै बंगलादेशले विद्युत् खरिद सम्झौता (पिएसए)का लागि महसुल दरलगायतका आर्थिक तथा प्राविधिक पक्ष खुलाएर प्रस्ताव पेस गर्न आह्वान गरेको छ । केही समय नेपालबाट विद्युत् किन्ने विषयलाई बेवास्ता गरेको बंगलादेशले अहिले भने आफैँ प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । 

नेपाल र बगलादेशबीच विद्युत् व्यापार गर्न भारतलाई समेत सहभागी गराएर त्रिपक्षीय सम्झौता गर्ने तयारी भइरहेको छ । प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच हुने त्रिपक्षीय सम्झौता भारतीय प्रसारणलाइनको प्रयोगलगायतका नीतिगत विषयवस्तुमा केन्द्रित हुनेछ । यसको मस्यौदा पनि तयार भइसकेको छ । यसबाहेक विद्युत्को खरिद दर, खरिद कानुनसहितका आर्थिक तथा प्राविधिक पक्षमा सम्झौता गर्ने गरी बंगलादेशले प्रस्ताव पेस गर्न भनेको प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप थिकेले जानकारी दिए । बंगलादेशले खरिद प्रक्रियासमेत पूरा गर्न पनि उक्त प्रस्ताव मागेको उनको भनाइ छ । 

अब प्राधिकरणले त्यससम्बन्धी फर्म भरेर बंगलादेशलाई पठाउनेछ । त्यसमा बंगलादेश सहमत भएपछि अन्तिम सम्झौता हुनेछ । ‘अब के–कति दरमा बंगलादेशमा विद्युत् बिक्री गर्नेलगायतको प्रस्ताव बोर्डमा पेस गर्छाैँ । बोर्डबाट स्वीकृत भएपछि बंगलादेशमा विद्युत् बिक्री गर्ने प्रस्ताव पेस गर्छाैँ,’ थिकेले बताए । 

जिएमआरले नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्दै छ । त्यसमा प्रतियुनिट ७.७१२ सेन्ट (०.०७७१२ डलर अर्थात् वर्तमान विनिमय दरअनुसार १०.२६ रुपैयाँ) खरिददर तोकिएको छ । प्राधिकरणले सोही विन्दु हाराहारीमा बंगलादेशसँग पिएसए गर्ने योजना बनाएको छ ।

प्राधिकरण स्रोतकाअनुसार बंगलादेशसँग डलरमा विद्युत् खरिद सम्झौता गरिनेछ । प्रतियुनिट ७ सेन्टदेखि ८ सेन्टसम्मको रेन्जमा विद्युत् बिक्री गर्ने गरि बिडीङ गर्ने तयारी गरिएको छ । बुधबारको बिनिमयदर (१३३.२८ प्रतिडलर) अनुसार यो ९.३३ रुपैयाँदेखि १०.६३ रुपैयाँसम्मको रेन्ज हो । प्राधिकरणले बर्खामा आयोजनाहरूबाट प्रतियुनिट ४.८० रुपैयाँमा विद्युत् खरिद गर्छ, त्यो अवस्थामा उक्त मूल्यमा विद्युत् बिक्री गर्दा फाइदा नै हुने प्राधिकरणको दाबी छ । नेपालले मध्यकालीन रूपमा भारतमा ५.२५ भारुमा विद्युत् बिक्री गरिरहेको छ ।

आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी

अब त्रिपक्षीय सम्झौतालगायतका बाँकी प्रक्रिया पूरा गरेर आउँदो बर्खा (असार)बाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ । १ असारदेखि ३० कात्तिक ३०  (जुन १५ देखि नोभेम्बर १५) सम्म विद्युत् निर्यात गर्ने गरि सम्झौता गरिनेछ । प्राधिकरणले गएकै बर्खाबाट विद्युत् बिक्री गर्ने योजना बनाए पनि त्रिपक्षीय सम्झौता नहुँदा त्यो सफल भएन । 

गत पुस २० गते सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले त्रिपक्षीय सम्झौता गर्ने प्रतिबद्धता गरिसकेको छ । अब त्रिपक्षीय सम्झौता, पिएसएलगायतका प्रक्रिया पूरा गरेर आगामी बर्खाबाटै ४० मेगावाट विद्युत् भारतमा बिक्री गरिने प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । उक्त आयोजनाको बिजुली आफ्नो प्रसारणलाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ । बंगलादेशमा पनि विद्युत् निर्यात गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने भारतीय सर्त छ ।  

छलफलमा त्रिपक्षीय सम्झौताको मस्यौदा

त्रिपक्षीय सम्झौताको मस्यौदाबारे नेपाल र भारतले आन्तरिक रूपमा छलफल गरेका छन् । बंगलादेशले बनाएको उक्त मस्यौदा अहिले छलफलकै क्रममा रहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । अब छिट्टै छलफल सम्पन्न गरेर त्रिपक्षीय सम्झौता गरिने प्राधिकरणका एक उच्च अधिकारीले बताए । 

नेपाल र बंगलादेश एक–अर्कामा सीमा जोडिएका देश होइनन् । दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारणलाइन पनि छैन । त्यसैले तत्काललाई भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् पुर्‍याउने योजना छ । त्यसबापत भारतले ह्विलिङ चार्ज पाउनेछ । भारतमा प्रसारणलाइन प्रयोग गर्दा एक युनिट विद्युत्को ५० पैसा (भारु) ह्विलिङ चार्ज तिर्नुपर्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर