नेभिगेसन मेनु

आइओसीको दबाबपछि ट्यांकर स्तरोन्नति गरिँदै
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-01-17 17:44

Artha_Main-Magh-32024-01-17-06-24-15

इन्डियन आयल कर्पोरेसन (आइओसी)को दबाबपछि भारतबाट इन्धन ओसार्ने ट्यांकरमा बटम लोडिङ प्रविधि (ट्यांकरको तल्लो भागबाट तेल हाल्ने विधि) जडानलाई नेपाल आयल निगमले तीव्रता दिन थालेको छ ।उत्तर प्रदेशको बैतालपुरस्थित आइओसीको डिपोले केही दिनअघि बटम लोडिङ नभएको ट्यांकरमा पेट्रोल नपठाउने चेतावनी दिएपछि निगमले भारतबाट तेल ओसार्ने ट्यांकरमा यस्तो प्रविधि जडान गर्न थालेको हो । बैतालपुरबाट लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा डिपोमा पेट्रोल ओसार्ने ४८ ट्यांकरमा बटम लोडिङ जडानको गृहकार्य थालिएको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘बैतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने सातवटा ट्यांकरमा रेट्रोफिटिङ गरी बटम लोडिङ गर्न सक्ने प्रविधि जडानको काम थालिसकेका छौँ,’ ठाकुरले भने, ‘पहिलो चरणमा सातवटा ट्यांकर बटम लोडिङका लागि तयार हुनासाथ थप सातवटालाई पनि यही प्रविधि जडानका लागि पठाइहाल्छौँ ।’ बैतालपुर डिपोले आगामी दुई महिनापछि बटम लोडिङबाट मात्रै नेपालका ट्यांकरलाई तेल दिने बताएको छ । निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको प्रमुख कमला न्यौपानेले ट्यांकरलाई बटम लोडिङ योग्य बनाउन ढुवानीकर्ताहरूलाई पत्राचार गरिसकेको जानकारी दिईन् । ‘बैतालपुरबाट पेट्रोल ल्याउन अहिले ४८ ट्यांकरलाई बटम लोडिङ योग्य बनाउँछौं, त्यसका लागि आवश्यक तयारी गर्न ढुवानीकर्तालाई पनि भनेका छौं’ उनले भनिन् ।

अहिले सबै ट्यांकरको माथिल्लो भागको ढक्कन खोलेर पाइपको सहायताले तेल हाल्ने प्रविधि छ । यस्तो प्रविधि पुरानो र इन्धन चुहावट अत्यधिक हुने भन्दै आइओसीले आफ्ना सबै डिपोमा बटम लोडिङ गर्ने ‘टिएलएफ सेड’ बनाएको छ । बैतालपुर डिपोमा भने बटम लोडिङको मात्रे टिएलएफ सेड भएकाले ट्यांकरको माथिल्लो भागबाट तेल हालेर दिन नसक्ने भन्दै १५ दिनअघि निगमलाई पत्राचार गरेको थियो ।

आइओसीले निगमलाई पटक–पटक ताकेता गरे पनि कार्यान्वयन नगरेपछि बैतालपुर डिपोले आपूर्ति नै रोकिदिने चेतावनी दिएको होे । त्यसपछि भने निगमको बजार व्यवस्था विभागका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत र आपूर्ति तथा वितरण विभाग निर्देशक पूर्ण रिजाल आइओसीका उच्च अधिकारी भेट्न साताअघि दिल्ली गएका थिए । उनीहरूले दिल्ली पुगेर बैतालपुरबाट पेट्रोल आपूर्ति रोकिए रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लामा इन्धन अभाव हुन सक्ने भन्दै तत्काललाई आपूर्तिमा असर नपर्ने गरी व्यवस्थापन गरिदिने आग्रह गरेका थिए । त्यसपछि आइओसीले दुई महिनाभित्र बटम लोडिङका लागि ट्यांकरहरू तयार गर्ने समयसीमा दिएको थियो ।

आइओसी अधिकारीलाई भेटेर फर्किएका वितरण विभाग निर्देशक रिजालले पनि बटम लोडिङका लागि ट्यांकरहरूलाई तयार गर्न थालिएको बताए । ‘अहिले भैरहवा डिपोमा पेट्रोल ल्याउने ट्यांकरको स्तरोन्नति गरेर बटम लोडिङका लागि योग्य बनाइँदैछ,’ उनले भने, ‘तर, अब सबैतिरका ट्यांकरहरू बटम लोडिङका लागि योग्य नबनाई सुखै छैन ।’ निगमले देशभर इन्धन ढुवानीका लागि एक हजार आठ सयभन्दा बढी ट्यांकरलाई करारमा लिएर परिचालन गरिरहेको छ ।

निगमले मधेश प्रादेशिक कार्यालय, अमलखेगन्जमा समेत मोतीहारीबाट पेट्रोल ल्याउन अहिले निर्माणाधीन पूर्वाधारमा बटम लोडिङ गर्ने २४ वटा नयाँ टिएलएफ सेड बन्दै छन् । आगामी ६ महिनाभित्र निर्माणले पूर्णता पाउने भएकाले अमलेखगन्जबाट निगमकै अन्य डिपोमा तेल ढुवानी गर्ने ट्यांकरमा समेत बटम लोडिङ प्रविधि जडान गर्नुपर्ने बाध्यता छ । तर, निगम व्यवस्थापनले चासो दिएको छैन ।

गत २२ साउनमा आइओसीको मोतीहारी डिपोदेखि निगमको थानकोट डिपोसम्म पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरमा बटम लोडिङको सुरुवात गरिएको थियो । त्यसयता यस कार्यले तीव्रता पाउनुपर्ने भए पनि हालसम्म ६–७ वटा ट्यांकरमा मात्रै बटम लोडिङ जडान भएको छ । 

बटम लोडिङको फाइदा

इन्धन चुहिने, पोखिने र लिकेज हुने सम्भावना न्यून हुन्छ । ट्यांकरको माथिल्लो भागबाट एक मिनेटमा १२ सय लिटर तेल लोड हुन्छ भने बटम लोडिङ प्रविधिले २५ सय लिटर लोड गर्न सकिन्छ । बटम लोडिङमा  पाइपको सहायताले ढक्कन छोपेर तेल हाल्ने भएकाले प्रदूषण नै हुँदैन । ट्यांकरको माथिल्लो भागको निश्चित विन्दुसम्म मात्रै तेल लोड गर्न पाइने भए पनि अहिले चालकले बदमासी गरेर बढी तेल हालेर ल्याउने र तेल चोरी गर्ने गरेका छन् । तर, बटम लोडिङ भएपछि निश्चित तहमा तेल पुगेपछि सेन्सरले काम गर्छ र लोडिङ आफैँ बन्द हुन्छ भने माथिल्लो ढक्कन पूर्ण रूपले बन्द हुने भएकाले चोरी गर्ने वा वाष्पीकरणमार्फत नोक्सानी हुने हुँदैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर