नेभिगेसन मेनु

राष्ट्र बैंकका हाकिमहरु घाम ताप्दै,कुरा काट्दै
सम्पादक:南亚网络电视
लेखक:जनआस्था
समय:2024-01-11 14:28

rashtra-baink_q2mnDVll55

नेपाल राष्ट्र बैंकले आगामी शुक्रबार अधिकृत विशिष्ट र प्रथम श्रेणीका कर्मचारीको निम्ति तनाव व्यवस्थापन कार्यक्रम राखेको छ । बैंकको खर्चमा ५० जनाभन्दा बढी कर्मचारीले एक रात,दुई दिन स्तरीय होटल तथा रिसोर्टमा खानपिन र रमाइलो गरी तनाव घटाउने गरेका छन् ।

अघिल्लो वर्ष राजधानी नजिकैको एउटा डाँडामा अवस्थित रिसोर्टमा आयोजित तनाव व्यवस्थापन कार्यक्रममा बिहानीपख योगा सिकाइएको थियो । तर, योगाको समयमा बजाइएको रात्रिकालीन गीतमा केही अधिकृत झुमेर नाचेका थिए । 

यस पटक २७ गते गोरखा सदरमुकाम नजिकैको एउटा रिसोर्टमा राखिएको तनाव व्यवस्थापन कार्यक्रम सञ्चारमाध्यमका कारण हटाउनुपरेको बताइएको छ । सोही विषयमा हिजो बिहान केन्द्रीय कार्यालय हाताभित्र घाम ताप्दै केही विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले गोरखामा कार्यक्रम नराख्न सुझाएका थिए । 

घाम ताप्ने क्रममा हालै विभागीय सरुवामा परेका एक जना विशिष्टको भनाई उल्लेख गर्दै ती अधिकृतले भने, ‘पृथ्वी जयन्तीको दिन गोरखामा कार्यक्रम राख्दा जनआस्थाले लेख्न सक्छ । बरु अन्तै राखौं । हेलिकोप्टर चढेकोदेखि भोज भतेरका कुरा लेखिने खतरा भएकाले अन्यत्र गरौं ।’भन्ने सल्लाह भएको थियो ।

जनशक्ति व्यवस्थापन विभाग मातहतको बैंकर्स प्रशिक्षण केन्द्रले आयोजना गर्ने उक्त कार्यक्रम हिजोदेखि नगरकोट वा धुलिखेलमा राख्ने तयारी गरेको छ । केन्द्र स्रोतले भन्यो, ‘सकेसम्म २७ गतेको तयारीमा छौं । उता नगर्ने भएपछि यता होटल, रिसोर्ट खोज्नु स्वाभाविकै हो । सम्भवतः होटल मिस्टिकमा हुन्छ होला ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर