नेभिगेसन मेनु

ढाका-काठमाडौं बस चलाइँदै
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2024-01-04 13:44

thumb

०७५ सालमा पूर्वी नाका आइपुगेको ढाका–काठमाडौं परीक्षण बस सेवा । 

पूर्वी नाकाबाट करिब ४० किमि नजिक मात्रै छ, बंगलादेशको सिमाना । भारतपछि नजिकको छिमेकी बंगलादेशले नेपाल र भारतका चार वटा नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । बंगलादेशले करिब ८ सय १३ किमि दूरीको ढाका–काठमाडौं अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र पारेको हो । 

बंगलादेश, भुटान, इन्डिया र नेपाल (बीबीआईएन) यी चार देशबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘मोटर भेहिकल’ सम्झौता भएको थियो । तर भुटानको संसद्ले सम्झौता अझै अनुमोदन गरेको छैन । तसर्थ बंगलादेशले नेपाल र भारतमा भने चाँडै बस सेवा सञ्चालनको गृहकार्य सुरु गरेको ढाकाबाट प्रकाशित ‘द डेली सन’ अखबारमा उल्लेख छ । अन्य यातायातका साधनको तुलनामा सस्तोमा बस यात्रा गर्ने यात्रुको चासो बढेकाले बंगलादेश सडक यातायात निगम (बीआरटीसी) ले भारत र नेपालसँग चार नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने योजना बनाएको हो ।

यसअघि बंगलादेशले ०७५ वैशाख १२ मा ढाका–काठमाडौं बस सेवा र ०७६ मंसिर २६–३० सम्म ढाका–दार्जिलिङ बसको परीक्षण यात्रा गरिसकेको छ । नेपालको मन्त्रिपरिषद्ले ‘लेटर अफ एक्सचेन्ज’ अनुमोदन गरेपछि करिब ६ महिनाभित्र नियमित रूपमा त्रिदेशीय बस सेवा सञ्चालन हुन सक्ने नेपाली अधिकारीको अनुमान थियो । तर लगत्तै आएको कोभिड महामारीका कारण ढाका–काठमाडौं बस सेवा परीक्षणमै सीमित भएको थियो ।

बंगलादेशले ढाका–काठमाडौंसहित चटगाउँ–कोलकाता, ढाका–गान्तोक–दार्जिलिङ र बारिसाल–कोलकाताबीच सोझो बस सेवा सञ्चालनको तयारी गरेको बंगलादेश सडक यातायात निगमले जनाएको छ । यसअघि बंगलादेशवाट भारतका चार सहरमा सोझो बस सेवा सञ्चालन हुँदै आएको थियो । यसमा ढाका–कोलकाता, त्रिपुरा–ढाका–कोलकाता, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुलना–कोलकाताबीच बस सेवा जारी थियो ।

यातायात निगमले नयाँ रुट प्रस्ताव सडक यातायात तथा पुल मन्त्रालयमा पठाएको जनाइएको छ । उक्त प्रस्ताव अन्तिम निर्णयका लागि हाल परराष्ट्र मन्त्रालयमा विचाराधीन रहेको जनाइएको छ । ‘ढाका–काठमाडौं बस रुटका लागि दुवै देशबीच संवाद भइरहेको प्रक्रिया निकै अघि बढिसकेको छ,’ बीआरटीसीका अध्यक्ष मो. ताजुल इस्लामले त्यहाँको सञ्चारमाध्यमसँग भनेका छन्, ‘अन्तर्राष्ट्रिय बस सेवासँगै भूराजनीतिक स्वार्थ पनि जोडिएकाले थोरै समस्या भइरहेको छ ।’

कोभिडपछि भारतले बंगलादेशसहित तेस्रो देशका नागरिकलाई सीमावर्ती पानीट्यांकी हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ । जसका कारण यो समस्या चाँडै सुल्झिने आशामा बंगलादेश छ । ‘भिसा समस्या सुल्झिनेबित्तिकै नेपालसँगको बस सेवा सुरु गरिनेछ,’ इस्लामले भने, ‘त्यसपछि दुई देशबीच सहमतिमा हस्ताक्षर हुनेछ ।’ बंगलादेशले सन् १९९९ मा पहिलोपल्ट भारतसँग अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा हाल पनि जारी छ ।

इस्लामका अनुसार चटगाउँ–कोलकाता र ढाका–गान्तोक–दार्जिलिङ रुटमा भने चाँडै बस सेवा सुरु हुने सम्भावना छ । यो रुटमा बीआरटीसी, पश्चिम बंगाल यातायात निगम र श्यामोली एनआर ट्राभल्सले संयुक्त सेवा सञ्चालन गर्ने जनाएका छन् । खासगरी बंगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाल घुम्न चाहने बंगलादेशी पर्यटकका लागि बस सेवा प्रभावकारी बन्न सक्ने जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर