नेभिगेसन मेनु

बुलबुले तालमा ‘बुलबुल’ को आकर्षण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:38

bulbule-tal

मङ्सिर २८ गते । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ। बुलबुले सामुदायिक वन क्षेत्रमा रहेको उक्त प्राकृतिक ताल सानो भए पनि बुलबुल भनेर कराउँदा बुलबुले निस्कने अनौठो विशेषता रहेको छ।  यस तालमा पानीको फोका उठ्ने गर्दछ। मानिसले जति धेरै ‘बुलबुल’ भनेर चिच्यायो उति नै फोका जमिन मुनिबाट निस्केको दृष्य प्रस्ट देख्न सकिन्छ। सामुदायिक वन उपभोक्ता समितिले घेराबार गरेर तालको संरक्षण गरेको छ।

चुरेको फेद तथा कान्द्रा नदीको किनारमा रहेको उक्त ताल क्षेत्रमा जाडो समयमा पारिलो घाम लाग्नुका साथै फराकिलो चौर, नदीको तटीय क्षेत्रले वनभोजका लागि आकर्षण मनिएको स्थानीय बताउँछन्। हिजोआज बिदाको दिनमा सो क्षेत्रमा वनभोज गर्न जानेको भिडभाड लाग्ने गर्दछ। बुलबुले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खडक बुढाले २०५७ सालमा दर्ता भएको सामुदायिक वनमा मूल फुटेर जमिनमाथि पानी भुल्का उठ्ने भएकाले व्यवस्थित संरक्षण कार्य भएको बताउनुभयो।

करिब १७४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा करिब पाँच सय उपभोक्ताहरू सदस्य रहेका छन्। अध्यक्ष बुढाले बस्तीबाट टाढा एकान्त जङ्गलभित्र प्राकृतिक रूपमा रमणीय क्षेत्रमा पानी बुलबुल गर्दै फोका निस्कने भएपछि सामुदायिक वनको नाम नै बुलबुले राखिएको बताउनुभयो। 

कैलाली सामुदायिक वन र प्राकृतिक तालको धनी जिल्ला भए पनि बुलबुले ताल अन्य तालभन्दा फरक विशेषता भएको स्थानीय संरक्षणकर्मी पुष्कल बमले बताउनुभयो। बुलबुले तालमा जति हल्ला गर्‍यो उति नै धेरै फोका उठ्ने गर्छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर