नेभिगेसन मेनु

छाडा चौपाया व्यवस्थापन सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-04 13:14

Photo-334

मङ्सिर १८ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१८, तुल्सीबारीमा रहेको गौशालामा छाडा चौपाया राख्न थालेको छ । अन्नबाली सखाप बनाइदिने छाडा गाईवस्तु गौशालाको संरक्षणमा राखिएपछि किसानलाई राहत मिलेको छ । 

उपमहानगरपालिकाको डेढ करोड रुपियाँ लागतमा गौशाला निर्माण गरेर सामुदायिक चौपाया राख्न थालेको हो । ४५० देखि पाँच सय वटा चौपाया व्यवस्थापन गरिएको छ । उपमहानगरपालिका–१८ का अध्यक्ष भुवन रिजालले बाली जोगाउनका लागि किसानले रातभर खेतमा सुत्नुपर्ने बाध्यता हटेको बताउनुभयो । छाडा चौपायाले गहुँ, मसुर, तरकारीलगायत बाली खाएर नोक्सान गर्दै आएका थिए । छाडा चौपायाबाट खेतबारीमा क्षति भएपछि किसान आन्दोलित भएका थिए । किसानको दबाबका कारण निर्माणाधीन गौशालामा आधा जति छाडा चौपाया व्यवस्थापन गरिएको वडा अध्यक्ष रिजालले उल्लेख गर्नुभयो । 

उहाँका अनुसार गौशालामा व्यवस्थापन गरिएका चौपायाको सङ्ख्या जत्तिकै छाडा चौपाया अझै पनि सडकबाहिर छन् । बाहिर रहेका चौपाया भारताल वन क्षेत्रमा बस्ने गरेको जनाइएको छ । सडकमा देखिने चौपायालाई गौशालाका गोठालाले धपाएर जङ्गल वा कृषि बाली नरहेको ठाउँमा पु¥याउने गरेका छन् । गौशालाको चौपाया हेर्न र बाहिर रहेका चौपाया धपाउनका लागि सात जना गोठाला राखिएको छ । सामुदायिक छाडा चौपायाबाट उपमहानगरपालिका–१४, १८ र १९ मा क्षति पुग्ने गरेको छ । कृषि बाली जोगाउने उद्देश्यका साथ उपमहानगरपालिकाले गौशाला निर्माण गरेको हो । गौशालामा छाडा चौपाया व्यवस्थापनको काम सुरु भएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले छाडा चौपाया व्यवस्थापनमा आवश्यक सहयोग गर्न सम्बन्धित वडावासीलाई आग्रह गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर