नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउनुहुँदै
सम्पादक:南亚网络电视
समय:2023-12-07 17:09

ण

अत्तरिया, मङ्सिर २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने  कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न  प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लाग्नुभएको हो ।

सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम  निश्चित भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य सङ्घले पनि यसक्षेत्रका  व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछ ।’’

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिनुभयो । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका  मागहरुको बारेमा जानकारी गराउने सङ्घको तयारी छ ।

महोत्सव १० दिनसम्म चल्नेछ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था सङ्घले मिलाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर