नेभिगेसन मेनु

प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र गोरखापत्र ताजा, प्रदेश, सुदूरपश्‍चिम
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-19 12:44

sssd

मङ्सिर ३ गते । सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । 

सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।  

पुर्चौडी नगरपालिकामा प्रदेश गौरवका आयोजनासँगै स्थानीय सरकाले निर्माण सुरु गरेको १५ शय्याको अस्पताल र बृहत् खानेपानी योजनासमेत अलपत्र पर्दा करिब ४० हजार बासिन्दा सडक यातायात, स्वास्थ्य र खानेपानीबाट वञ्चित भएका छन् । पुर्चौडीको विकासका लागि सडकतर्फ ६९ करोड र मोटरेबल पुलका लागि चार करोड ७० लाख रुपियाँ बजेट भए पनि ठेकेदार र पूर्वाधार विकास कार्यालयको लापरबाहीका कारण विकासे योजना अलपत्र परेको गुनासो स्थानीयवासीको छ । 

पुर्चौडी नगरपालिका–१, खडीखेतस्थित जमाडी नदीमा पुल निर्माण गर्न सङ्घीय सरकारले २०७६ सालमा करिब पाँच करोड बजेट पठाए पनि चार वर्षदेखि पुल निर्माणको काम अलपत्र छ । अलपत्र छाडिएको पुलको पिल्लरमा प्रयोग भएका छडमा खिया लागेको छ । 

आर्थिक वर्ष २०७६/७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुलको जग खडा गरेर अलपत्र छाडिएको छ । सङ्घीय ससर्त अनुदान अन्तर्गत पुल निर्माण गर्न चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालयले हेर्ने जिम्मेवारी पाएको थियो । 

प्राविधिक र ठेकेदारको लापरबाहीले राज्यको करोडौँ रकम जमाडी नदीमा बगेको स्थानीय लोकेश साउदले बताउनुभयो । सडक स्तरोन्नतिका लागि ६९ करोड रुपियाँ र पुल निर्माणका लागि चार करोड ७० लाख रुपियाँ वजेट सदुयोग हुन सकेको छैन । 

उक्त आयोजनाको साइट हेर्ने जिम्मेवारी पाएका पूर्वाधार विकास कार्यालयका प्राविधिक नरेश भुलले सडक र पुलको काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो । विविध कारणले ढिलासुस्ती भए पनि केही दिनमै मोटरेबल पुलको बेसलाइन सर्भे हुने जानकारी उहाँले दिनुभएको हो । 

प्रदेश गौरवको आयोजनामा समेटिएको सडक र पुल पुर्चौडी नगरपालिकाको लाइफलाइन हो । प्रदेशस्तरीय गौरवको आयोजना सडकले प्रदेश राजधानी र जिल्ला सदरमुकाम जोड्ने छ । छ वर्षअघि नै निर्माण सुरु भएको सडक र पुल अलपत्र पर्दा स्थानीय खिन्न भएका छन् । बाढीपहिरो वा प्राकृतिक विपत्का बेला कच्ची सडकसमेत ठप्प हुने गरेको छ । बर्सातका बेला नदीको जलसतह बढ्दा आकस्मिक रूपमा चल्ने एम्बुलेन्स र सवारीसाधन ठप्प हुने गरेका छन् । 

लामो समयदेखि सडक र पुल निर्माणको माग उठे पनि पूर्वाधार विकास कार्यालय र ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको पुर्चौडीका स्थानीय हरिश साउदले गुनासो गर्नुभयो । कार्यस्थलमा गौरवका आयोजनाको होर्डिङ बोर्डसमेत नहुँदा स्थानीयवासी अन्योलमा परेको उहाँले गुनासो गर्नुभयो ।   

सार्वजनिक सुनुवाइ नै गरिँदैन  

राज्यको करोडौँ रकममा निर्माण भइरहेका विकासे आयोजना वर्षौंदेखि अलपत्र भए पनि जिम्मेवार निकायले सार्वजनिक सुनुवाइ गर्न आनाकानी गर्दै आएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डको कामसमेत गुणस्तरीय नभएको पाइएको छ । 

सडक पूर्वाधार, अस्पताल र शिक्षाका भवन निर्माणमा ढिलासुस्तीसँगै कमसल सामग्रीको प्रयोग हुने गरेको सामाजिक अगुवा महेशदत्त भट्टले बताउनुभयो । पुर्चौडी नगरपालिकामा प्रदेशस्तरीय गौरव आयोजनाको सडक र पुल निर्माण गर्न न बजेट अभाव छ न त प्राविधिक जनशक्ति तैपनि वर्षौंदेखि विकासको काम अलपत्र पर्दासमेत सरोकारवाला निकाय मौन बसेको स्थानीयको अरोप छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर