नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउनुहुँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:53

pm

मङ्सिर २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने  कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न  प्रधानमन्त्री प्रचण्ड धनगढी आउनलाग्नु भएको हो ।

सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम  निश्चित भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्ने छ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउने छन् । उद्योग वाणिज्य संघले पनि यसक्षेत्रका  व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्ने छ ।’’

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिनुभयो । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका  मागहरुको बारेमा जानकारी गराउने संघको तयारी रहेको छ ।

महोत्सव १० दिनसम्म चल्ने छ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था संघले मिलाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर