नेभिगेसन मेनु

पश्चिम सेती प्रसारण लाइन छिट्टै निर्माण गरिने
सम्पादक:南亚网络电视
समय:2023-12-07 16:41

ण

धनगढी, मङ्सिर २१ गते । चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले प्रतिबद्धता जनाएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको भेट र छलफलको क्रममा सो लाइन छिट्टै निर्माण गर्नका लागि प्रतिबद्धता जनाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ । 

यसैगरी, बुढीगंगा जलविद्युत आयोजनाका लागि निर्माण गर्नुपर्ने बूढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइनको निर्माण अगाडि बढाउनका लागि पनि ऊर्जा मन्त्रालय र विद्युत विकास विभागलाई निर्देशन दिने छलफलमा सहमति भएको छ । विद्युत विकास विभागले बनाइरहेको यो लाइन पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत आयोजनाको लागि आवश्यक छ । 

अन्तर्देशीय ४०० केभी लम्की–बरेली प्रसारण लाइनको निर्माण छिटो अगाडि बढाउन पनि सहमति भएको मुख्यमन्त्री शाहले जानकारी दिनुभएको छ । यसैगरी, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमा निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण सहित छलफल गरेर अगाडि बढाउने सहमति पनि गरिएको छ । यी कार्यका लागि मन्त्री बस्नेत सकारात्मक रहेको मुख्यमन्त्री शाहले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतलाई भेट गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर