नेभिगेसन मेनु

टहरा बनाउन समाजसेवी सक्रिय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:49

भुकम्प-पीडितको-घर-निर्माण

मङ्सिर २६ गते । मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्षअघि श्रीमान् गुमाएपछि रोकाया भूकम्पले घर भत्काएपछि तीन सन्तानसहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काटिरहनुभएको थियो । 

बेसहारा अवस्थामा रहेकी उहाँको अवस्था थाहा पाएर समाजसेवी विष्णु ऐडीको समूहले टिनको नयाँ टहरो बनाइदिएको छ । “हामीलाई सहयोग गर्ने कोही थिएनन् । आफ्नै खर्चले घर बनाउन सक्ने क्षमता छैन,” चाखुडीले भन्नुभयो । 

भूकम्पले घर भत्काएपछि अब सधैँ पालमा बस्नुपर्ने भयो भन्ने पीरले रातदिन निदाउन नसकेकी चाखुडी यतिबेला घर बनाउने सहारा मिलेपछि खुसी देखिनुभएको छ । “कोही नभएपछि कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता थियो, दुःखीलाई ईश्वरले पनि हेर्छ भनेको साँच्चै रहेछ,” उहाँले थप्नुभयो, “टिनको अस्थायी टहरो भए पनि जाडोको बेला आफ्नै घरमा बसेजस्तो अनुभूति भएको छ ।”

त्यस्तै भूकम्पका कारण घर भत्केर मस्टा गाउँपालिका–२, डुग्रीकी एकल महिला बेलमती विष्ट त्रिपालमुनि बास बस्दै आउनुभएको थियो । आर्थिक रूपले विपन्न विष्टको भने सहारा कोही पनि छैन । समाजसेवी तथा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्यसमेत रहेनुभएका विष्णु ऐडीले एकल बेलमतीका लागि पनि अस्थायी आवास निर्माण गरिदिनुभएको छ । 

समाजसेवी रोकायाले एकल महिला तथा आर्थिक रूपमा विपन्न र जिल्लाका दुर्गम बस्तीमा अस्थायी आवास निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्दै आउनुभएको छ । 

“ऐडी बिहानै भत्केका घरहरू हेर्दै आउनुभएको थियो, हामी त्रिपालमा बसेको देखेर सोधपुछ गर्नुभयो र टहरा बनाइदिने आश्वासन दिएर जानुभयो । कहिले फर्केर आउलान् जस्तो लागेको थियो । दिउँसै आएर बनाइदिनुभयो । अब अर्को घर नबनाउन्जेल बस्न मिल्ने भएको छ,” बेलमतीले भन्नुभयो । वर्षौंदेखि ऋण निकालेर बनाएको घर भूकम्पले भत्काएपछि पाल टाँगेर बस्दै आएकालाई ऐडीले सहयोग गर्दै आउनुभएको छ । ऐडीसहित उहाँको टोलीले टिनको अस्थायी घर एक दिनमा निर्माण गरिदिने गरेको छ । 

जयपृथ्वी नगरपालिका–७, सुवेडाका १३ वर्षीय शिव भण्डारी विपन्न परिवारका एकल सदस्य हुन् । घरका मुली दुवै बुवाआमा गुमाएपछि उनी टुहुरा बनेका हुन् । भण्डारी बस्ने घर भूकम्पले भत्काएपछि छिमेकीसँग बस्दै आएका थिए । यस्ता पीडितलाई समाजसेवी ऐडीको नेतृत्वको टोलीले घर निर्माण गरिदिएको छ । मस्टा गाउँपालिका–१ की एकल महिला दुर्गा खड्का र लक्ष्मी रावल र जयपृथ्वी नगरपालिका–११ का इजरायलमा बम आक्रमणमा परेर मृत्यु भएका गणेश नेपालीको घरसमेत बनाइदिनुभएको छ । 

ऐडीको टोली अहिले पनि विपन्न परिवारका अस्थायी आवास बनाउनमै व्यस्त रहेको छ । केही मनकारी युवासहितको टोलीले एकल, असहाय तथा विपन्न नागरिकका २२ वटा अस्थायी आवास निर्माण गरिसकेको छ भने निर्माण कार्यमा जुटिरहेको छ । 

“अहिलेसम्म २४ वटा अस्थायी आवास बनाइसकेको छु,” समाजसेवी ऐडीले भन्नुभयो, “अझै यो अभियान निरन्तर जारी छ ।” सहारा नभएका एकल महिला, विपन्न परिवारलाई स्थलगत अवलोकनपछि मात्र अस्थायी घर बनाउने गरेको समेत उहाँले बताउनुभयो । राज्य नपुगेको ठाउँमा ऐडीको दरिलो उपस्थितिले भूकम्पपीडितलाई मलमपट्टीको काम मात्र नगरेर राजनीति र समाजसेवा गर्नेलाई समेत चुनौती दिएको छ । ऐडी नेतृत्वको टोलीले जिल्लाभरि २४ वटा अस्थायी आवास बनाइदिएको छ । 

गत असोज १६ गते आएको भूकम्पले बझाङमा १२ हजारभन्दा बढी संरचनामा क्षति पुर्‍याएको छ । थलारा गाउँपालिका, खप्तडछान्ना, जयपृथ्वी, मस्टा, तलकोट, केदारस्युँ, सुर्मा गाउँपालिकामा दुई हजारभन्दा बढी संरचनामा क्षति पुगेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर