नेभिगेसन मेनु

डलरको भाउ पनि बढेको बढ्यै
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-12-06 14:11

डलरको भाउ पनि बढेको बढ्यै

काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर (भाउ) नियमितजस्तो कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि यही मंसिर १२ मा एक अमेरिकी डलरको विनिमय दर १३३.७० रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३.५७ रुपैयाँभन्दा तल देखिएको झरेको छैन । बरु त्यही बिन्दुबाट फेरि उकालो लागिरहेको छ । सोही क्रममा बुधबार डलरले फेरि नयाँ रेकर्ड बनाएको हो । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ तय भएको छ ।

पछिल्ला महिनामा निरन्तर रूपमा अमेरिकी डलरको भाउ उकालो लाग्नुको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र त्यहाँ बढ्दो ब्याजदर हो । अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ । सोही क्रममा गत जुलाईमा अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ता डलरतर्फ आकर्षित हुने भएकाले त्यसको माग बढ्छ । माग बढेपछि डलरको बलियो बन्छ भने अरू मुद्रा कमजोर बन्छन् । पछिल्ला महिनामा अमेरिकामा मुद्रास्फीति घट्दो क्रममै रहे पनि अझै अपेक्षा गरिएभन्दा बढी नै रहेकाले त्यससँग जुध्न पनि फेडले अझै ब्याजदर बढाउने विज्ञहरूको अनुमान छ ।

अमेरिकी डलर बलियो वा कमजोर बन्दा नेपाली मुद्रामा प्रत्यक्ष असर भने पर्दैन । डलरको मूल्यमा आएको परिवर्तनको असर भारतीय मुद्रामा पर्ने र भारुको असर नेपाली मुद्रामा पर्ने हो । अमेरिकामा ब्याजदर बढ्दा भारतीय लगानीकर्ता पनि त्यसतर्फ आकर्षित हुने भएकाले भारतबाट पुँजी बाहिरिन्छ । यता नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुँदै आएको छ । अहिले पनि त्यही भएको हो । मंगलबार साँझ ८ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८३.३६ पुगेको छ । यो हालसम्मको उच्च भने होइन । यसअघि नोभेम्बर २२, २०२३ मा यस्तो विनिमय दर हालसम्मकै उच्च भारु ८३.५५ थियो ।

राष्ट्र बैंकका अनुसार गत असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो । ०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.९५ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो । गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएको छ ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।

यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्न थालेको भए पनि अपेक्षाअनुसार भित्र्याउन सकिएको छैन र निर्यात बढाउने सम्भावना पनि नदेखिएकाले डलर बलियो बनिरहँदा नेपालले यी क्षेत्रबाट लाभ लिन सकेको छैन ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ ।

नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ । समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नोक्सानी धेरै रहेको जानकार बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर