नेभिगेसन मेनु

माथिल्लो तामाकोसीले बेच्यो चार अर्बको बिजुली
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-27 15:14

_119515323_207644912_4459527310738188_2349222736248808886_n

मङ्सिर ११ गते । दोलखाको बिगु गाउँपालिका १ लामा बगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब चार अर्बको बिजुली बिक्री गरेको छ । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको सो आयोजनाले पहिलो त्रैमासिकमा तीन अर्ब ७१ करोड ५८ लाख ४७ हजार ७५८ रुपियाँ आम्दानी गरेको हो । 

योसँगै पछिल्लो तीन महिनाको अवधिमा मात्रै आयोजनाले एक अर्ब ७२ लाख ५८ हजार रुपियाँ नाफा कमाएको छ । आयोजनाले यही मङ्सिर ३ गते आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासिकमा  विद्युत् बिक्रीबाट तीन अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपियाँ आम्दानी गर्दा ७९ करोड ७७ लाख २६ हजार ५६९ रुपियाँ नाफा भएको थियो । अहिलेको भन्दा २६ दशमलव २६ प्रतिशतले कम हो । 

आयोजनाले २०७८ साल भदौ २५ गतेदेखि पूर्णरूपमा विद्युत्को व्यापारिक उत्पादन गरिरहेको छ । अघिल्लो आर्थिक वर्ष सात अर्ब ११ करोड रुपियाँ आम्दानी गरेकोमा गत आर्थिक वर्ष आठ अर्ब १२ करोड रुपियाँको बिजुली बिक्री गरेको थियो । यसरी बिजुली बिक्री गरी नाफा कमाइरहे पनि शेयर बजार मूल्यमा भने गिरावट आइरहेको छ । तामाकोशीको शेयर हाल बजारमा प्रतिकित्ता १९३ रुपियाँमा कारोबार भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर