नेभिगेसन मेनु

भूकम्प प्रभावित क्षेत्रमा उड्ने जहाजलाई छुट
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-11-06 17:19

thumb (1)

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा राहत बोकेर उड्ने हेलिकप्टर तथा जहाजलाई शतप्रतिशत शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको बताए ।

त्यस्तै प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कैलाश हेलिकप्टरले प्राधिकरणको आह्वानमा प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग दिने जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर