नेभिगेसन मेनु

चार महिनामा अठार अर्ब वैदेशिक लगानी
सम्पादक:南亚网络电视
समय:2023-11-18 13:31

Untitled-1

मङ्सिर २ गते । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । 

चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ । 

सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एक/ एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ । गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

सुरुदेखि हालसम्म छ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर