नेभिगेसन मेनु

आइसियुसम्म उपभोक्ता : अवैधानिक नेटवर्क व्यापारको फन्दा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 13:45

Untitled-1

वालिङ, असोज १४ गते । स्याङ्जाको वालिङ नगरपालिका–८ कि ८० वर्षकी ख्यामकुमारी थापाले विभिन्न दीर्घ रोगका कारण शारीरिक तथा मानसिक समस्या झेल्दै आउनुभएको थियो । दीर्घ रोग परीक्षण र उपचारले सहज जीवनयापन गर्दै आउनुभएकी थापा अहिले भने समस्यामा पर्नु भएको छ ।  आफन्तको विश्वासले उहाँलाई आइसियुमा पुर्‍याएको हो । आफन्तले नै भेस्टिजको फुड सप्लिमेन्ट खाएपछि यस्ता दीर्घ रोग सजिलै हट्ने, उमेर धेरै भए पनि कुनै समस्या नआउने भनेपछि थापा पनि लोभिनुभयो । आफन्तले नै भनेपछि उहाँमा विश्वास पनि पलायो र भेस्टिजको फुड सप्लिमेन्ट किनेर खानुभयो । अहिले समस्या आएपछि भने उहाँको परिवारको बास अस्पतालमा भएको छ । 

छोरा नारायण थापाले मधुमेह, क्यान्सर, हात्तीपाइलेजस्ता दीर्घ रोग सजिलै सन्चो हुने भन्दै आमालाई यस्तो सप्लिमेन्ट किनेर ख्वाएको केही समयमा नै उहाँ बिरामी पर्नुभएको बताउनुभयो । वालिङमा नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका थापाले भन्नुभयो, “साँझ म पसलबाट आउँदा आमाले भर्खर खानुभएको रहेछ । खाना साथ पखाला र वान्ता सुरु भइहाल्यो ।” उनीहरूले फुड सप्लिमेन्टबापत पाँच हजार रुपियाँ लगेको थापाले बताउनुभयो । चिकित्सकका अनुसार पनि अनावश्यक र हानिकारक वस्तुको सेवनबाट समस्या आएको बताइएको उहाँले जानकारी दिनुभयो । 

गाउँ गाउँमा नेटवर्क 

नेटवर्कमार्फत विभिन्न सामग्री बेच्ने र बेरोजगार युवायुवतीलाई सदस्य बनाई यस्तो काममा लगाउने गिरोह जिल्लाका गाउँ गाउँमा पुगेको छ । नेटवर्कमार्फत नै नेपाल र भारतमा बनेका विभिन्न उत्पादन चियापत्ति, साबुन, सौन्दर्य प्रसाधनका सामग्रीलगायत घरायसी सामान उपयोगी र बहुमूल्य भन्दै गाउँगाउँमा बेच्ने गरिएको छ । बजारभन्दा तीन गुणा महँगोमा सर्वसाधारणले किन्ने गरेका छन् । 

कसरी गरिन्छ बिक्रीवितरण 

नेपालमा हेल्दी लिभिङ नेपाल प्रालि नामक कम्पनी दर्ता गरेर प्रत्यक्ष बिक्री प्रणालीमार्फत सामान बेच्दै आएको कम्पनीका निर्देशक शिव कण्डुले बताउनुभयो । देशभर १० लाख सदस्य यसमा आबद्ध रहेको र उनीहरूले नै गाउँगाउँमा समान बेच्ने गरेको उहाँको भनाइ छ । कम्पनीले नेपालमा उत्पादन गरेको दाबी गरे पनि अधिकांश उत्पादन भारतबाट ल्याइएका छन् । ५० प्रतिशत भारतबाट ल्याएको भए पनि ५० प्रतिशत सामग्री नेपालमा नै उत्पादन हुने कण्डुको दाबी छ । यसबाहेक पनि अन्य धेरै नेटवर्क रहेको उहाँको दाबी छ । 

नेटवर्कको सदस्य बन्न सामग्री किन्न अनिवार्य  

भारतबाट सञ्चालित नेटवर्क कम्पनी भेस्टिज प्रालिका उत्पादन र यससँग समन्वय गरेर नेपालमा दर्ता भएको हेल्दी लिभिङ नेपाल प्रालिले प्रत्यक्ष बिक्री प्रणालीका नाममा नेटवर्क व्यवसाय गरिरहेको स्पष्ट देखिन्छ । कम्पनी देशका विभिन्न ठाउँमा सामग्री उत्पादन गर्ने बताए पनि बिक्रीवितरणका अधिकांश सामग्री भारतबाट नै आयातित रहेका छन् । जुन बजारमा पाइने अन्य सोहीस्तरका सामग्रीभन्दा निक्कै महँगो रहेको छ । 

यसका सदस्यले आफन्त र दीर्घरोगीलाई विशेष प्रभावमा पारेका छन् । यसमा लाग्ने अधिकांश बेरोजगार छन् । उनीहरूले बनाएका सात हजार रुपियाँको औषधी किन्नुपर्ने र सात वटा सदस्य आफू जस्तै बनाउनै पर्ने नियम छ । यस्तै उनीहरूले प्रत्येक छ/छ जना बनाएपछि प्वाइन्ट भ्यालु (पिभी) कमिसन प्राप्त गर्न सकिने भन्दै प्रलोभन देखाएपछि नेपाली युवा फस्दै गइरहेका छन् । 

कम्पनीका सदस्यले भने यो नेटवर्क व्यवसाय नरहेको दाबी गर्छन् । उनीहरूका अनुसार बिक्रीका लागि निःशुल्क सदस्य बन्न सकिन्छ र बेचेपछि कमिसन प्राप्त हुन्छ । कम्पनीले सदस्यलाई आफूहरूले पैसा तिरेको नभन्न निर्देशन दिने गरेको बताइएको छ । उनीहरू भन्छन्, “मेहनत अनुसार राम्रो कमाइ हुने व्यवसाय छ । बेच्ने कार्ड बनाउँदा हामीले किनेको सामग्री अरूलाई बेच्न सकिन्छ ।”गाउँ गाउँमा यसरी बेचिएका सामग्रीको कुनै पनि प्रकारको बिल दिने नगरेको उपभोक्ताले बताएका छन् ।

किन गएन सरोकारवालाको ध्यान 

स्वदेशमा उत्पादित र विधिवत् रूपमा दर्ता भएका सामग्रीको खपत न्यून रहेको छ तर यस्ता सामग्री र फुड सप्लिमेन्टको खपत गाउँ गाउँमा बढ्दो छ । घरआँगनमा नै आएका व्यक्तिले सोझा तथा दीर्घरोगीलाई प्रभावमा पारेर राम्रो रकम भारततर्फ पठाइरहेका छन् । स्वदेशमा नै उत्पादन गरिएको भनिए पनि यसका प्रायः सबै सामग्री भारतमा उत्पादित छन् । 

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले सामग्री किन्दा ध्यान दिन र अनिवार्य रूपमा बिल माग्न आग्रह गर्नुभयो । व्यवसायीलाई यस्ता सामग्रीमा सचेत रहन सूचित गरिएको जानकारी दिनुभयो । गाउँ गाउँमा बिक्री भइरहेका अवैध सामग्रीका कारण आफूहरूको व्यवसाय समस्यामा परेको उहाँको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर