नेभिगेसन मेनु

बेल्ट एन्ड रोडमा विश्वभर २० खर्ब डलरभन्दा बढीको सम्झौता भयो : चीन
सम्पादक:南亚网络电视
लेखक:रासस/एएफपी
समय:2023-10-10 18:47

China Flag1670938249

मंगलबार, असोज २३, २०८०, बेइजिङ । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।

चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (एक्जिम बैंक)को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो । तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ ।

चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दशौँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सी चिनफिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ ।

तर, आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् ।

बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो ।

साथै, उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिम बैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन (तीन खर्ब ७४ करोड डलर) पुगेको जनाएको छ ।

“यसले १३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ,” ऋणमा प्रतिमुलुक औसत दुई अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर, श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै, ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर