काठमाडौँ — सन् मा आजकै दिन (अक्टुबर ४) विश्वकै पहिलो मानव निर्मित स्याटेलाइट प्रक्षेपण गरिएको थियो । सोभियत संघले काजकस्तास्थित बैकोनुर कोस्मोड्रोमबाट पृथ्वी बाहिर पहिलो स्याटेलाईट ‘स्पूतनिक–१’ प्रक्षेपण गरेको हो ।
उक्त स्याटेलाइटले ब्याट्री नसकिएसम्म तीन साता पृथ्वीको परिक्रमा गरेको थियो । ‘स्पूतनिक–१’ करिब दुई महिनापछि पृथ्वीको वायुमण्डलमा खसेको थियो ।
पृथ्वीको वायुमण्डलमा खसेर जल्नुअघि यसले पृथ्वीको कक्षमा एक हजार ४ सय ४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर दुरी यात्रा गरेको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच अन्तरिक्ष सफलता हासिल गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको थियो । तर ‘स्पूतनिक–१’ प्रक्षेपणसँगै सोभियत संघले अमेरिकालाई पछि पारेको थियो । उक्त सफलतासँगै सोभियत संघर र अमेरिकाबीच जारी शीतयुद्ध उत्कर्षमा पुगेको बताइन्छ ।