नेभिगेसन मेनु

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग
सम्पादक:南亚网络电视
लेखक:काठमाण्डु पाटी
समय:2023-09-29 12:59

china-flag-shutterstock_139843351-2.01678792453-1536x768

बेइजिङ – चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ ।

दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।

करिब तीन महिनापछि उनी स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुगेका थिए । उनलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि उनी अमेरिकी सैन्य अखडामा पुगेका छन् ।

अमेरिका–चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो ।

“उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिएका छन् । लामो समयदेखि चीन उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी हो ।

तर, चीनले किङको रिहाईका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर