नेभिगेसन मेनु

इजरायल-हमास युद्ध: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो
सम्पादक:南亚网络电视
समय:2023-10-10 14:01

israel-1

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ । इजरायलमा ९ सय र गाजामा ६सय भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ

विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढीपछि इजरायलमा कम्तिमा ९०० जनाको मृत्यु भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

जवाफमा प्यालेस्टाइनी अतिबादी समुह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । सो समूहले इजरायली सेनाका अधिकारीहरू सहित १०० भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदैछ’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् । उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र अन्यलाई बन्धक बनाएर राखिएको जानकारी गराएका छन ।

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर