नेभिगेसन मेनु

पर्यटन प्रवर्धनमा संस्थागत प्रयास
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-28 13:20

Untitled-1 (2)

बर्दीबास, असोज ११ गते । धार्मिक एवं प्राकृतिक सम्पदाको धनी बर्दीबासमा पर्यटन प्रवर्धनका लागि संस्थागत प्रयास हुन थालेको छ । विश्व पर्यटन दिवसका अवसरमा बर्दीबास होटल तथा पर्यटन व्यवसायी सङ्घ नगर क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा जुटेको छ । 

सङ्घले यसको सुरुवात बर्दीबास–४ स्थित शक्तिरुपिणी भगवती पञ्चधुरा माईको मन्दिर सरसफाइबाट सुरु गरेको छ । प्रदेश सांसद शारदा थापा, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल), नारायण घिमिरे, सागर फुयाल, सुदर्शन काफ्ले, सञ्चारकर्मी, सशस्त्र प्रहरीलगायतको सहभागितामा मन्दिर सरसफाइ गरिएको हो । धार्मिक तथा पुराताŒिवक महìवको यो रहस्यमय मन्दिर कुनै बेला घना जङ्गलभित्र भेटिएको थियो । स्थानीयवासीका अनुसार त्यस बेला यस मन्दिरनजिक पिपलको विशाल वृक्ष थियो । त्यो अद्भुत वृक्षको फेदीमा रहेका पाँच वटा टोड्काबाट अविरल जलधारा बगिरहने हुँदा यस मन्दिरको नाम पनि पञ्चधारा राखिएको किंवदन्ती छ । पछि यही ‘पञ्चधारा’ अपभ्रंश हुँदै पञ्चधुरा भएको स्थानीयवासीको भनाइ छ । 

मन्दिर जति पौराणिक छ, उत्तिकै यसको ऐतिहासिक महìव पनि छ । भनिन्छ, तत्कालीन श्री ३ जङ्गबहादुर राणा सिकार खेल्ने व्रmममा यसै मन्दिरपरिसरमा सेतो बाघ देखेपछि बिरामी परेका थिए । पछि यही ‘सेतो बाघ’ राणाको मृत्युको कारण पनि बन्यो । यो मन्दिरमा तान्त्रिक शक्ति भएको विश्वास पनि गरिन्छ । त्यही कारण यहाँ भाकल गर्ने र बलि दिनेको भिड लाग्ने गर्छ । यहाँ चिताएको मनोकामना पूरा हुने र गरेका कार्य सिद्ध हुने विश्वासका कारण केही वर्षदेखि बिहे, व्रतबन्ध जस्ता धार्मिक सामाजिक कार्य गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । 

यस मन्दिरमा बिहे गर्दा दाम्पत्य एवं सन्तति सुख पाइने विश्वासका कारण लगनको महिनामा विवाह गर्नेको भिडले मन्दिर परिसर भरिएको हुन्छ । पिकनिक खानेको रमाइलोले पनि यो मन्दिर भरिभराउ रहन्छ । धार्मिक, ऐतिहासिक र प्राचीन महìव बोकेको पञ्चधुरा मन्दिर हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो । पूर्वपश्चिम राजमार्गनजिक रहेका कारण यहाँ आउन र यसको दर्शन गर्न सबैभन्दा सहज र सुगम पनि छ । यो प्राचीन धरोहरलाई उचित प्रवर्धन गरी नगरको धार्मिक पर्यटनमा योगदान पु-याउने उद्देश्यले यसको महìव र प्रचारप्रसारमा जुटेको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष कार्कीले बताउनुभयो । 

मन्दिर परिसरको सफाइलगत्तै सङ्घले मधेश प्रदेशकै पर्यटनको केन्द्र मानिएको राईमण्डल डाँडाको पर्यटकीय महìवबारे प्रवचन कार्यव्रmम आयोजना गरेको थियो । राईमण्डल मनोरम प्राकृतिक छटा र पर्यटकीय सम्भावना बोकेको उच्च पहाडी शिखर भएकाले यसलाई पर्यटनको सुन्दर गन्तव्य मानिएको हो । हुन त महोत्तरीको सुदूरउत्तरी भेगमा यस्ता अनेकन ठाउँ, गाउँ, भिरपाखा र पहाडी टाकुरा पनि छन्; जो अहिले पनि पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा छन् । त्यसमध्येको एक हो, राईमण्डल डाँडा । बर्दीबास नगरपालिका–३ अन्तर्गत पर्ने राईमण्डलले पौराणिक, पुराताŒिवक र आध्यात्मिक महŒव बोकेको छ । यो जति सुन्दर छ, उत्तिकै रहस्यमय पनि । 

समुद्री सतहदेखि ३६२ मिटर उचाइमा रहेको राईमण्डलमा कुनै बेला राई जातिको घना बस्ती थियो । अहिले संसारबाटै लोपोन्मुख अवस्थामा पुगेको गिद्धको सुरक्षित बासस्थल बनेपछि यसको महìव थप चुलिएको छ । यस डाँडाको माथि उक्लिँदा डाँडाभरि गिद्धका बथान देखेर आफू चकित भएको राईमण्डल, भपसीगाउँकी २७ वर्षीय बेली गुम्जाले बताउनुभयो । 

पछिल्लो समय यो पहाड उक्लेर शान्ति र देवत्व प्राप्तिका लागि चिन्तन र एकान्तबास गर्नेहरूले यसको आध्यात्मिक गरिमा पनि बढाएका छन् । स्थानीय पारखीहरूको भनाइमा राईमण्डल मधेशको आकर्षक भ्यु टावर पनि हो । यो पहाडको चुचुरोबाट तराईका उर्वर फाँटहरूका साथै झन्डै ४० किलोमिटर दुरीमा रहेको जनकपुरधाम र भारतीय सीमावर्ती बजार पनि हेर्न सकिन्छ । 

राईमण्डलसँगै जोडिएका भीमडाँडा र सोलीघोप्टे डाँडा पनि उत्तिकै रमणीय छन् । यी डाँडैडाँडाका शृङ्खलालाई जिपलाइन र बन्जी जम्प जस्ता संरचनाले जोड्ने हो भने यो देशकै उत्कृष्ट पर्यटकीय स्थलको श्रेणीमा पर्न सक्छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले बर्दीबास क्षेत्रमा आउने पर्यटकलाई समय लम्ब्याउने र दृश्यावलोकन गर्ने राईमण्डल जस्ता अनेकन गन्तव्य स्थल रहेको बताउनुभयो । “यी स्थलको संरक्षण, संवर्धन र प्रचारप्रसाले मुलुककै पर्यटन विकासमा योगदान पु¥याउन सक्छ,” उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर