नेभिगेसन मेनु

कुमालेलाई भ्याइनभ्याइ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-10 12:57

Untitled-1 (5)

इनरुवा, भदौ २४ गते । चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखेर चन्द्रमालाई अर्घ दिएर तराई मधेशमा भदौ चतुर्थी तिथिका दिन मनाइने ‘चौठचन्द्र’ चौरचन पर्वका लागि व्रत बस्नेलाई माटोको भाँडा पु-याउन कुम्भकारलाई भ्याइनभ्याइ छ ।

दुई सातादेखि नै सदरमुकाम इनरुवा–२, बिहीबारे हाट पण्डित टोलका कुम्भकारहरू दैनिक जसो एकाबिहानै उठेर कोही माटो मुछ्ने त कोही माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको देखिन्छ । इनरुवाको पण्डित टोलमा सयौँ कुम्भकार अहिले माटोको भाँडा बनाउन व्यस्त रहेको स्थानीय सन्दीपप्रसाद पण्डितले बताउनुभयो ।

पर्वमा आवश्यक पर्ने माटोका छाछ छाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला (लावैन) सहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको स्थानीय रञ्जना पण्डितले बताउनुभयो । केहीले त एक महिनाअगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिलो हुने भएकाले आफूहरू अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय शिवनारायण पण्डितको भनाइ छ । चौरचन पर्वका लागि एक सेट माटोका भाँडाको दुई सय रुपियाँदेखि पाँच सय रुपियाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

उता बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडाको सधैँ बिक्री नभए पनि चाडपर्वमा भने अनिवार्य जस्तै माग हुने भएकाले कुम्भकारलाई यतिबेला भ्याइनभ्याई स्थानीय पत्रकार गणेश यादवले जानकारी दिनुभयो । कुम्भकारलाई चौठीचाँद मात्रै नभई दीपावली तथा छठ पर्वमा पनि माटोको दियो, चौमुखे दियो, घैला (कलश) लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरू सिजन अनुसार समान बनाउने काममा लागेको स्थानीय सियावती पण्डितले बताउनुभयो । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अरू समयभन्दा पर्वका बेला माटोका भाँडा बनाउने कार्यमा व्यस्त बनेको बताइन्छ ।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट बनाउने भाँडाहरू बनाई गाउँघरदेखि सहरसम्म बेच्न लाने गरेको छ । यसपालि मिथिलाञ्चलमा असोज २ गते चौरचन पर्व परेको छ । उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाएको दही, खिर, पुरी, फलफूलसहित राखेर पूजा गरी चौरचन पर्व मनाइने छ ।

के हो चौरचन पर्व  

भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ अर्थात् चौरचन भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो । लोकधारणा अनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ । 

हातमा कुनै फल वा प्रसाद लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्वका रूपमा दिन्छ । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाज विशेषतः मधेशी समाजले चन्द्रमालाई देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर