नेभिगेसन मेनु

सीमामा फहराइयो राष्ट्रिय झन्डा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-07 14:50

Untitled-1 (4)

सर्लाही, भदौ २१ गते । सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाकानजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाइ भएको राष्ट्रिय झन्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको हातबाट मङ्गलबार झन्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ । 

मन्त्री यादवले भारतीय नाकानजिक निर्माण गरिएको यो राष्ट्रिय झन्डाले राष्ट्रियतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । सीमा नाका भएर आउजाउ गर्ने जो कोहीलाई पनि सीमा नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने उहाँले बताउनुभयो । 

प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपियाँ बजेटबाट १०८ फिटको झन्डा निर्माण गरिएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डा निर्माणस्थलका लागि मलङ्गवा नगरपालिका–४ निवासी खलिल हक अन्सारीले मलङ्गवा नगरपालिका–८ मा रहेको साढे १३ धुर जग्गा उपलब्ध गराउनुभएको छ । कार्यव्रmममा मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर राय, नगर प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राख्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर