नेभिगेसन मेनु

हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-21 12:37

adfhdf

सर्लाही, असोज ४ गते । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो ।

मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चक्कु प्रहार भएको छ । 

घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किनुभएको हो । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभयो । “घटनाको अनुसन्धानका लागि जिल्लाबाट समेत अनुसन्धान टोली खटिएको छ, लालबन्दीका इन्स्पेक्टरको नेतृत्वमा घटना लगत्तै प्रहरी परिचालन भइरहेकै छ,” डिएसपी थारुले भन्नुभयो । 

थारुका अनुसार घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ । घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । घरको भान्सा तथा घरसङ्गैको धान खेतमा रगतका टाटा देखिएका छन् । भर्खरै नयाँ बस्ती बस्दै गरेको क्षेत्रमा लुटपाटको घटना भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर