नेभिगेसन मेनु

‘इँटा व्यवसाय फस्टाउन सकेन’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:42

Untitled-1 (1)

जनकपुरधाम, भदौ १९ गते  । मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले लबिङको अभावमा इँटा व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ । 

नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेशको प्रथम अधिवेशन तथा साधारण सभामा सोमबार जनकपुरधाममा बोल्दै उहाँले देशका लबिङको अभावमा इँटा व्यवसाय फस्टाउन नसकेको बताउनुभयो । इँटा व्यवसायलाई इँटा प्रयोगसम्बन्धी विज्ञद्वारा प्रशिक्षणको आयोजना गरी लबिङ गर्दै अगाडि बढाउने हो भने आगामी दिनमा इँटा व्यवसाय तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो । 

इँटा व्यवसाय फस्टाउनका लागि तीनै तहका सरकारले व्यवसायमुखी योजनाहरू ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै यसमा तीनै तहको सरकार दोषी छन्, मन्त्री अन्सारीले भन्नुभयो । इँटाले वातावरणीय सन्तुलनलाई कायम राख्ने र जललाई जोगाइ राख्न पनि मद्दत पुग्ने हुँदा आफ्नो संंसदीय कोष बजेट चलाउन पाए भने भौतिक निर्माणका कार्यमा बढीमा इँटाको प्रयोग गर्ने उहाँले बताउनुभयो । 

यसै क्रममा मन्त्री अन्सारीले नेपालमा इँटा प्रयोगमा उचित प्रशिक्षण, प्रदर्शनी तथा प्रचारप्रसारको कमी देखिएको भन्दै इँटा व्यवसाय फस्टाउनमा आर्किटेक्चर र डिजाइनरहरूले पनि मद्दत गर्नुपर्ने बताउनुभयो । 

उहाँले इँटा प्रयोग गर्ने विभिन्न प्रकारका प्रशिक्षणको व्यवस्था गरी इँटाको महìवबारे जनतालाई बुझाउन सक्यौँ भने बजारमा पक्कै पनि पाँच गुणा बढी माग बढ्ने विश्वास रहेको बताउँदै उहाँले आगामी दिनमा इँटा व्यवसाय महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

सङ्घका संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकारले देशका विभिन्न स्थानमा प्रयोग गरिने इँटाका आकार फरक हुँदा आकलन गर्न कठिनाइ हुन्छ भन्दै त्यसैले देशभरि एकै आकारका इँटा प्रयोगमा ल्याउनुपर्ने माग राख्नुभएको थियो । सङ्घका प्रदेश संयोजक विनयकुमार यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्द, जनकपुरधामका प्रमुख मनोजकुमार साह, प्रदेशका आठै जिल्लाका महासङ्घ अध्यक्षलगायतको उपस्थिति थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर