नेभिगेसन मेनु

‘जङ्कफुड’ निरुत्साहित गर्न टिफिन बक्स
सम्पादक:南亚网络电视
समय:2023-09-02 16:46

ण

सर्लाही, भदौ १६ गते । चन्द्रनगर गाउँपालिकामा ‘जङ्कफुड’ (पत्रु खाना) निरुत्साहित गर्न सामुदायिक विद्यालयमा टिफिन बक्स वितरण गर्न सुरु गरिएको छ ।  विद्यालयमा ‘जङ्कफुड’ निरुत्साहित गरी बालबालिकालाई घरमा तयार गरिएको खाजा ल्याएर खाने बानी विकास गरी पोषण, स्वास्थ्य र शिक्षण सिकाइ सुधारका लागि चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा टिफिन बक्स वितरण गरिएको हो । सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका एक हजार छ सय विद्यार्थीलाई टिफिन बक्स वितरण हुने गाउँपालिकाले जनाएको छ ।

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै दिवा खाजाको व्यवस्था हुने भएकाले कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई मात्रै टिफिन बक्स वितरण भइरहेको गाउँपालिकाले जनाएको छ । हालसम्म वडा नं. २ मा रहेको दुर्गा खोभारी जनता माध्यमिक विद्यालय, वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालय किसनपुर र वडा नं. ६ मा रहेको मरीचमान माध्यमिक विद्यालय, कामदका ६४२ विद्यार्थीलाई टिफिन बक्स वितरण भइसकेको गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि देनकुमार महतोले जानकारी दिनुभयो । 

मरीचमान माविका प्रधानाध्यापक लालबाबु यादवले टिफिन समयमा छात्र तथा छात्रा घरमा खाजा खान गएपछि अधिकांश विद्यार्थी पुनः विद्यालय नआउने गरेको जानकारी दिनुभयो । यो टिफिन बक्सले विद्यार्थी अब पूरै घन्टी विद्यालयमा रहने वातावरण बनाउने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बिस्कुट, डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउलगायत बाहिरका खानेकुराले विद्यार्थीमा स्वास्थ्य समस्या देखिने गरेकाले घरको ताजा खाना, खाजा ल्याउन टिफिन बक्स वितरण भइरहेको बताउनुभयो ।

कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । आधुनिक बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत पटेर र परालको गुन्द्री बुन्ने चलन हराउँदै गएकामा त्यसलाई संरक्षणसँगै पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर