नेभिगेसन मेनु

किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-05 13:08

thumb

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् ।

किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएकी छन् ।

गत साता अमेरिकी रक्षा मन्त्रालयले रुस पहिले नै उत्तर कोरियासँग युक्रेन युद्धका लागि हतियार आपूर्ति गर्ने सम्बन्धमा गोप्य र सक्रिय वार्तामा रहेको जनाएको थियो । यसैबीच ह्वाइट हाउस प्रवक्ता वाट्सनले उत्तर कोरियालाई रुससँगको हतियार सम्झौता रोक्न र उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगर्ने कुरा प्रतिबद्धता जनाउन पनि आग्रह गरेकी छन् ।

यसैबीच रुसी रक्षामन्त्री सर्गेइ शोइगु गत जुलाइमा उत्तर कोरिया भ्रमणमा गरेको विषयलाई लिएर पनि अमेरिकी अधिकारीहरूले थप आशंका गर्दै आएका छन् । जवकि जुलाइको उक्त भ्रमण १९९१ मा सोभियत संघ विघटनपछि नै रुसी रक्षामन्त्रीको पहिलो उत्तर कोरिया भ्रमण पनि थियो ।

युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । त्यसको सट्टामा किमले भने रुसबाट खाद्यान्न सहायता पनि खोजिरहेका छन् । सेप्टेम्बर दोस्रो साता पुटिनसँग भेटका लागि किम मस्को जाने अमेरिकी अधिकारीहरूको दाबी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर