नेभिगेसन मेनु

नेपालमा चिनियाँ लगानी र पर्यटक बढाउन महासंघको आग्रह
सम्पादक:南亚网络电视
लेखक:नयाँपत्रिका
समय:2023-08-09 15:07

chandra2023-08-09-06-44-48

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा चिनियाँ लगानी र पर्यटक आगमन बढाउन नेपालका लागि चिनियाँ राजदूत छन सोंगलाई आग्रह गरेका छन् । महासंघमा मंगलबार भएको औपचारिक भेटवार्तामा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए ।  

नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै उनले राजदूतको ध्यानाकर्षण गराए । उनले पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सीधा उडान आवश्यक रहेकोसमेत बताए । उनले लगानी तथा पर्यटक भित्र्याउने नेपालको पहलमा सहयोग गर्न राजदूतलाई आग्रह गरे । चिनियाँ पर्यटकहरूको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नसमेत उनले आग्रह गरे ।

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको भन्दै ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासमार्फत पहल गरिदिन पनि उनले आग्रह गरे । नेपालमा चिनियाँ बैंक आउने सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतसँग ध्यानाकर्षण गराए । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

लगानीको वातावरण बनाउन राजदूतको सुझाव

भेटका क्रममा राजदूत सोंगले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको बताए । उनले नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको उल्लेख गर्दै विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगले बताए । चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति–निर्माता सशंकित भए पनि पछि सुधार गर्दै गएको बताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे । यसैगरी, तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारे छलफल भइरहेको जानकारी पनि राजदूत सोंगले दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर