नेभिगेसन मेनु

पोखरामा दोस्रो अन्तराष्ट्रिय उडान भूटानको ड्रुक एरले भर्ने
सम्पादक:南亚网络电视
समय:2023-08-28 18:49

air

काठमाडौं, भदौ ११ गते । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर उडान हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।”

ड्रक एयरको विमान पोखराबाट सिधा पाराको लागि नै उड्नेछ । पोखरामा ड्रुक एयरको विमान आउनु सुखद रहेका निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरामा ड्रक एयरको विमान आउनु सुखद कुरा हो । बिस्तारै अन्तर्राष्ट्रिय विमानहरू थपिँदै जानेछन् ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर