नेभिगेसन मेनु

नेपाल र चीनबीच आर्थिक सहयोग अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति यादव
सम्पादक:南亚网络电视
समय:2023-08-17 11:53

ram-upa2023-08-17-08-18-27

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल र चीनबीच द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । चीनको युनान प्रान्तको कुनमिङमा आयोजित सातौँ चाइना साउथ एसिया एक्स्पो र २७औँ चाइना कुनमिङ आयात तथा निर्यात मेलाको उद्घाटन समारोहमा उनले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, कनेक्टिभिटी र जलविद्युत् क्षेत्रमा लगानी गर्न चीन र लगानीकर्तालाई आह्वान गरे ।

सम्बोधन गर्नुअघि उपराष्ट्रपतिले नेपाली उत्पादन प्रदर्शनी भएको नेपाल प्याभिलियनको उद्घाटन गरे । उनले नेपाल र चीनका निजी उद्यमीबीचको आर्थिक साझेदारीलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए । यादवले नेपाल पेभिलियनमा सहभागी हुन र व्यावसायिक संस्थाहरूबीच अन्तरक्रिया गर्नुपर्ने बताए । चीनस्थित नेपाली दूतावासका अनुसार बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गरे । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चीन–दक्षिण एसिया प्रविधि हस्तान्तरण र सहयोगात्मक नवप्रवर्तनको चौथो मञ्चलाई सम्बोधन गरे । उनले नेपालजस्ता मुलुकमा प्रविधि हस्तान्तरणको आवश्यकता र महत्वमा जोड दिए । परराष्ट्रसचिव भरतराज पौड्यालले युनान प्रान्तका उपगभर्नर वाङ हाओसँग भेटवार्ता गरे । कार्यक्रममा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिसचिव मधु मरासिनीले चौथो चीन–दक्षिण एसिया व्यापार मञ्चलाई सम्बोधन गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर