नेभिगेसन मेनु

कम्बोडियाका राजाद्वारा नयाँ संसद्को समर्थन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-21 16:53

Norodom-Sihamoni

कम्बोडिया, भदौ ४ गते । कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमबार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्नुभएको छ ।

निवर्तमान प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२० संसदीय सिट जितेको छ । त्यस्तै प्रिन्स नोरोदम चक्रवुथको फनसिनपेक पार्टीले जुलाई २३ मा भएको सातौं आम भुनावमा पाँच सिट मात्रै जित्न सफल भएको थियो ।

उद्घाटन समारहोमा विदेशी कूटनीतिज्ञ र देशका अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको बैठकमा १२५ सांसद उपस्थित थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै राजा सिहामोनीले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक दिगोपना सुनिश्चित गर्न र कानुनका आधारमा सुदृढ र आधुनिक राज्य निर्माण गर्न संसद्ले संविधानमा तोकेको दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजा सिहामोनीले सम्बोधनपछि राजदरबार फर्किनुअघि राष्ट्रिय सभाका निर्वाचित सबै सांसदहरुसँग सामूहिक तस्बिर खिच्नुभएको थियो । आज दिउँसो राजदरबारमा निर्वाचित सबै सांसदहरुले शपथ लिनुहुने बताइएको छ । हुन सेनका ज्येष्ठ पुत्र हुन मानेटको नेतृत्वमा नयाँ पाँचवर्षे कार्यकाल सञ्चालनका लागि विश्वासको मत लिने कार्यक्रम पनि छ । ४५ वर्षीय हुन मानेटले मङ्गलवार दिउँसो प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर