नेभिगेसन मेनु

फ्लोरिडामा हेलिकप्टर दुर्घटना हुदा दुई जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-08-29 12:26

GettyImages-648793904-a8ccabc221a541da97ce840134fc42ca

काठमाडाैं, भदाै १२ । अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।

हेलिकप्टर भुइँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन (४९) र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर कम्प्लेक्सको छानामा ठोक्किएको उनले बताए । घाइते चारै जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर