नेभिगेसन मेनु

एकै दिन भित्रिए ३५० बढि बंगलादेशी पर्यटक, पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-18 18:10

VV

तिन सयभन्दा बढी बङ्गलादेशी पर्यटकहरु चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी

काठमाडौ, भदौ १। शुक्रबार मध्याह्न तिन सयभन्दा बढी बङ्गलादेशी नागरिकको समुह नेपाल भ्रमणका लागि आएको हो । आज र भोलि (शनिबार) गरेर बङ्गलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

IMG_0102

नेपाल पर्यटन बोर्डले पर्यटकको स्वागतमा नेपाली पञ्चेबाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए ।तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि

अमक

पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापा ।तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि

प्रबन्धक सूर्य थापाले पर्यटकहरू बङ्गलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बङ्गलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको जानकारी दिनुभयो ।

IMG_0140

अकिज कम्पनीका कार्यकारी प्रमुख शेख अजरफ उद्दिन ।तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि

त्यस्तै, कार्यकारी प्रमुख उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बङ्गलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल घुम्नका लागि राम्रो गन्तव्य हो । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

समूहले पहिलो दिन पाटन र स्याम्भुनाथ, दोस्रो दिन चन्द्रागिरि र धुलिखेल र तेस्रो दिन भक्तपुरको भ्रमण गर्नेछ । बंगलादेशले नेपाललाई ‘अवश्य घुम्नै पर्ने’ गन्तव्यको रुपमा राखेको र उनीहरु नेपाल घुम्न उत्साहित रहेका छन् ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर