नेभिगेसन मेनु

हाटबजारमा पूर्वाधार अभाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-25 12:24

Untitled-1

बुटवल, भदौ ८ गते । आर्थिक मन्दीको असरले किनमेल गर्न ग्राहक नआउँदा सुनसान बन्दै गएका रुपन्देही जिल्लाका ग्रामीण क्षेत्रका हाटबजार पूर्वाधारको अभावले झनै प्रभावित बनेका छन्। रुपन्देहीको सबैभन्दा पुरानो मानिएको सूर्यपुराको हाटबजारमा पूर्वाधार अभावले खुला आकाशमुनि बसेर व्यापारी ग्राहक पर्खेर बस्न बाध्य छन्।  

तीन/चार दिनदेखि लगातार झरी परेकाले व्यापारी त्रिपाल र पानीकागज टाँगेर सामान बिक्री गर्न बस्ने गरेका छन्। धेरै व्यापारीले खुला आकाशमुनि बसेर व्यापार गर्दै आएका छन्। हिलोले गर्दा हाटबजारसम्म आउनै समस्या हुने गरेको छ। व्यापारीले विगत छ/सात महिनादेखि हाटबजारमा ग्राहकको सङ्ख्या घट्दै गएको गुनासो गरेका छन्। 

हरेक बुधबार लाग्ने उक्त हाटमा प्रत्येक साता १० हजारभन्दा बढी ग्राहक घरायसी सामान खरिद गर्न आउने गर्दथे तर अहिले मुस्किलले दुई हजार ग्राहक आउने गरेको व्यापारी रमेश जैसवालले बताउनुभयो। व्यापारी जैसवालका अनुसार ग्राहक हाटबजारमा आए पनि पहिले जस्तो सामान नकिन्ने र धेरै ग्राहक बजार हेरेर फर्कने गरेका छन्। 

रुपन्देहीकै पुरानो फर्साटिकर बजारको अवस्था पनि उस्तै रहेको व्यापारीको गुनासो छ। उक्त बजारमा ग्राहकको सङ्ख्या घट्दै गएको र ग्राहक आए पनि थोरै सामान किनेर फर्किने गरेको स्थानीय शोभा ज्ञवाली बताउनुहुन्छ।  

उहाँको जुत्ता चप्पल दुकानमा छ महिना पहिले एक दिनमा आठ हजार रुपियाँसम्म बिक्री हुन्थ्यो। अहिले मुस्किलले एक/दुई हजारको कारोबार पनि नभएको ज्ञवालीको गुनासो छ। कपडा व्यापारी सुरेश यादव पानीकागज टाँगेर व्यापार गर्न बाध्य भएको बताउनुहुन्छ। धेरै पालिकाले चार कुनामा पाइप लगाएर माथि टिनको सेड बनाए पनि पानी पर्दा चारैतिर खुला हुँदा बाछिटाले छ्यापेर सामान भिजेर समस्या हुने गरेको व्यवसायीको गुनासो छ।

हाटबजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले एकातिर आर्थिक मन्दीको असर र अर्कोतिर बर्खामा बस्ने व्यवस्था नहुँदा रुपन्देहीका हाटबजारमा समस्या परेको बताउनुभयो। 

उहाँले विश्व आर्थिक मन्दीको असर नेपालमा परेको र रुपन्देहीका हाटबजार सुक्दै जान थालेको बताउनुभयो। जिसीका अनुसार नाली निर्माण नहुँदा हाटबजार लाग्ने ठाउँमा पानी जम्ने समस्या रहेको उल्लेख गर्नुभयो। उहाँले हाटबजारको पूर्वाधार निर्माणमा सम्बन्धित पालिकाले लगानी नगर्ने हो भने व्यापार गर्नै समस्या हुने बताउनुभयो। हाटबजार व्यवसायी सङ्घ सैनामैना नगरका अध्यक्ष तुलसीराम शर्माले यही अवस्था रहे नगरपालिकालाई बैठकी करसमेत तिर्न नसक्ने बताउनुभयो। 

पालिकाहरूले व्यवसायीसँग बैठकी कर लिने तर पूर्वाधार निर्माणमा लगानी गर्ने अवस्थाले बजार व्यवस्थित रूपमा सञ्चालन नहुने र वर्षाको बेलासमेत समस्या हुने गरेको शर्माको गुनासो छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर