नेभिगेसन मेनु

भेरी अस्पतालको १३३ वर्ष पूरा, ३५० शय्या विस्तार गर्दै
सम्पादक:南亚网络电视
समय:2023-07-28 16:06

ण

बाँके, साउन १२ गते । विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं वार्षिकोत्सव मनाएको छ ।

सात शय्याबाट सुरु भएको यो अस्पताल हाल १५० शय्यामा सञ्चालित छ । अस्पताललाई ५०० शय्याको रुपमा स्तरोन्नति गर्ने प्रयास र योजना अघि सारिएको छ । नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेका कारण ३५० शय्यामा छिट्टै स्तरोन्नति हुने अस्पताल प्रतिनिधिको भनाइ छ ।  

शुक्रबार आयोजित १३३ औं वार्षिकोत्सवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले अस्पतालमा सुधारको धेरै प्रयास गरिएको भन्दै यसलाई भौतिक र जनशक्तिको माध्यमबाट थप सशक्त बनाउन आवश्यक भएको बताउनुभयो । 

थप २०० शय्यामा विस्तारका लागि निर्माण गरिएको ओपीडी भवन निर्माणको अन्तिम चरणमा छ । निर्माण कम्पनीले ढिलाइ गरे पनि इमरजेन्सी कक्ष नयाँ भवनबाट सुरु भइसकेको छ । 

वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भन्नुभयो, ‘अहिले पनि २०१६ सालमा बनेको जीर्ण भवन छ, सो भवन प्रयोग गर्न छोडेका छौं, नयाँ भवन बने पनि थप भौतिक पूर्वाधारको आवश्यकता छ ।’

डा. चापागाईले एक अर्ब आठ करोड लागतमा अस्पतालको नयाँ भवनसहित दुई अर्ब ४३ करोड लागत स्टिमेटसहित भौतिक पूर्वाधार निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । 

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पतालले पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा महत्वपूर्ण योगदान गरिरहेको  बताउनुभयो । भेरी अस्पताल सङ्घ मातहत रहे पनि प्रदेशले विभिन्न समयमा सहयोग गर्दैआएको मन्त्री खनालले जानकारी दिनुभयो । 

मन्त्री खनालले जिल्लामा राम्रो उपचार सेवा लग्न सके भेरी अस्पतालमा चाप कम हुने बताउनुभयो । मन्त्री खनालले भन्नुभयो, ‘सबै जिल्ला अस्पतालमा कम्तीमा विशेषज्ञ सेवा दिनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ, यसका लागि ती जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुविधाको सुरुवात गरेका छौं ।’ उहाँले मातृमृत्युदर र कुपोषण बढी भएका कारण त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर