नेभिगेसन मेनु

डोनल्ड ट्रम्प फुल्टन काउन्टी जेलमा हाजिर, २ लाख डलरको जमानतमा रिहा
सम्पादक:南亚网络电视
लेखक:बिबिसि
समय:2023-08-25 11:52

230823172508-01-donald-trump-georgia-file-082223

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो।

त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो।

लगत्तै उक्त फोटो सार्वजनिक गरियो।

छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए।

उनी त्यसपछि जोर्जियाबाट फर्किँदै छन्।

ह्वाइट हाउस छोडेपछि डोनल्ड ट्रम्पले भने, 'हामी फर्किनेछौँ' ट्रम्प महाभियोगः बचाउमा वकिलहरूले के के भने

अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन्।

उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन्।

फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर