नेभिगेसन मेनु

अमेरिकाबाट ४० सम्पदाजन्य आकृति घर फर्काइँदै
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-11 17:21

thumb (8)

विभिन्न मितिमा नेपालका मन्दिर तथा पुरातात्विक स्थलबाट चोरिएका काष्ठकला, चित्र र पुरातात्विक सम्पदाको संग्रह अमेरिकाको हवाई राज्यमा भेटिएकोमा ती सम्पदा वासिङ्टनस्थित नेपाली दूतावासको समन्वयमा घर फर्काइने भएको छ । यी सम्पदा शनिबार काठमाडौं आइपुग्नेछन् ।

अमेरिकाको हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा फेला पारेको यी सम्पदा घरफिर्तीका लागि नेपालबाट पुरातत्व विभागले सन् २०११ मा अनुरोध पठाएका थियो । सम्पदाको ‘उत्पत्तिको मुलुक’ सहितका प्रामाणिकता पहिल्याएपछि वासिङ्टनस्थित नेपाली दूतावासलाई चार महिनाअघि सम्पदा हस्तान्तरण गरिएको थियो ।

गृह सुरक्षा निकायअन्तर्गत होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सले सम्पदा बुझाएपछि कतार एयरवेजको कार्गोले यी सम्पदा ल्याउन सहयोग गरेको दूतावासले जनाएको छ । यिनै सम्पदाको प्रदर्शनीसहित नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचारका निम्ति दूतावासले गत साता एक प्रदर्शनीसमेतको आयोजना गरेको थियो । दूतावासले अहिलेसम्म विभिन्न ४७ सम्पदा र पुरातात्विक सामग्रीको घरफिर्तीमा पहल गरिसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर