नेभिगेसन मेनु

राजश्री महाविहारबाट हराएको अमोघपाश लोकेश्वर सिकागोमा
सम्पादक:南亚网络电视
समय:2023-07-30 13:00

thumb (4)

काठमाडौँ — पाटन, बहाबहीको राजश्री महाविहारबाट सन् ७० को दशकमा चोरिएको पुरातात्विक काष्ठआकृति ‘अमोघपाश लोकेश्वर’ अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युटमा फेला परेको छ । अमोघपाश लोकेश्वरलाई स्थानीय भाषामा जनबाहा द्यो वा सेतो करुणामय पनि भनिन्छ ।

चोरिएका र हराएका सम्पदाको खोजबिन तथा घरफिर्ती गराउने अभियानमा सम्बद्ध ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, पन्ध्रौं शताब्दीको यो काष्ठकला सम्पदा संकलक अमेरिकी व्यापारी जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लु एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) बाट आर्ट इन्स्टिच्युट अफ सिकागोमा पुगेको हो ।

अर्बपति लगानीकर्ता जेम्स डब्लु एल्सडर्फ सन् १९७५ देखि ७८ सम्म आर्ट इन्स्टिच्युट अफ सिकागोमा बोर्ड अध्यक्षसमेत थिए । उनले अमेरिकाको सांस्कृतिक मामला समितिको सूचना एजेन्सीमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र त्यसपछि जर्ज बुस(सिनियर)बाट नियुक्ति पाएका थिए ।

एल्सडर्फ आर्ट इन्स्टिच्युट अफ सिकागोमा रहेकै बेला नेपालबाट हराएका/चोरिएका दर्जनौं सम्पदा यही इन्स्टिच्युटमा पुगेका थिए । त्यसमध्ये पशुपति मन्दिर परिसरबाट ४ दशकअघि हराएको चर्तुमुखी शिवलिङ्ग पनि यही इन्स्टिच्युटमा फेला परेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर