नेभिगेसन मेनु

भागेश्वर चिनी मिलको चरम लापरबाही : केमिकलयुक्त पानी नालामा मिसाइदिँदा किसानको दुई सय बिघा धानखेती नष्ट
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-23 15:35

ukhu2023-08-23-10-08-07

कञ्चनपुरको एक चिनी उद्योगको लापरबाहीका कारण किसानका सयौँ बिघामा लगाइएको धानखेती नष्ट भएको छ । पुनर्वास नगरपालिका– २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगर मिल एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिको लापरबाहीका कारण स्थानीय किसानका दुई सय बिघामा लगाइएको धान नष्ट भएको हो । पुनर्वास नगरपालिका वडा नम्बर २, ५, ६ र ७ क्षेत्रमा लगाइएको धान नष्ट भएपछि किसान मर्कामा परेका छन् । सबैभन्दा बढी वडा नम्बर ५ मा क्षति भएको छ ।

चिनी मिलबाट निस्किएको केमिकलयुक्त पानीका कारण असोजमा पाक्ने धान जरैदेखि सुकेको छ । धानखेतीमै आश्रित किसान साउन–भदौमै बाली नष्ट भएपछि पीडामा परेका छन् । चिनी मिलले केमिकलयुक्त सिमरी नालामा बगाइदिने गरेको छ । 

पुनर्वास नगरपालिका– ५ सिमरीका किसान राजु चौधरीले चिनी मिलले केमिकलयुक्त नालामा बगाइदिएपछि धानखेती नष्ट भएको गुनासो गरे । ‘चिनी मिलले सधैँ केमिकलयुक्त पानी नालामा बगाइदिन्छ,’ उनले भने, ‘त्यो पानीले धानखेती नष्ट गरेको मात्र होइन, मानिसलाई छालासम्बन्धी रोगसमेत लाग्ने गरेको छ ।’

स्थानीय रामेश्वर रानाले चिनी उद्योगको चरम लारपबाहीले धानखेतीसहित अन्य अन्नबालीसमेत सखाप भइरहेको बताए । ‘हरेक वर्ष चिनी मिलले उद्योगबाट निस्किएको फोहोरपानी नालामा छाडिदिन्छ,’ उनले भने, ‘यसले अन्नबालीदेखि खेतकै उर्वराशक्तिमा ह्रास ल्याइरहेको छ ।’  पुनर्वास नगरपालिका– ७ का वडाध्यक्ष मूलचन्द्र रानाले उद्योगकै लापरबाहीले किसान मारमा परेको बताए । ‘हामीले पटक–पटक उद्योगको फोहोर पानी नालामा नबगाउन आग्रह गर्दै आएका छौँ, तर मिलले अटेरी गर्दै आएको छ,’ उनले भने, ‘अब पालिका कानुनी रूपमै एक्सनमा जानुपर्छ ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झन्डै ५०–६० किसानको दुई सय बिघा जमिनको धानखेती नष्ट भएको बताए । ‘हामीले गत २१ साउनमा प्राविधिक टोलीसहित अध्ययन पनि गरेका छौँ,’ उनले भने, ‘त्यहाँबाट धान र माटोको नमुना ल्यायौँ, के कारणले धानखेती नष्ट भएको बुझ्न परीक्षणका लागि ल्याबमा पठाएका छौँ ।’

भागेश्वर सुगरमिलले भने केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको दाबी गरेको छ । भागेश्वर सुगरमिलका मेकानिकल इन्जिनियर पदाराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोरपानी नबगाएको बताए । ‘हाम्रो उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुन्छ,’ उनले भने, ‘सिमरी खोलामा पुल निर्माण कार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला । अहिले मिल बन्द छ, फोहोरपानी आउने कुरै भएन ।’ उद्योग सञ्चालनका वेला फोहोरपानी खोलामा जाने उनले स्वीकार गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर