नेभिगेसन मेनु

अनुमतिविना सञ्चालित बेकरीमा छापा, दुई लाख ५० हजार जरिवाना
सम्पादक:南亚网络电视
समय:2023-08-04 16:28

Bekary_sild2023-08-04-01-13-02

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलीले हेटौँडाको एक बेकरी उद्योगमा शुक्रबार सिल गर्नुका साथै जरिवाना गरेको छ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौँडा उपमहानगरपालिका– १९ बस्तीपुरमा रहेको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो। अनुगमन टोलीले बेकरी उद्योगमा सिल गर्नुका साथै दुई लाख ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ। 

अनुगमनका क्रममा उद्योगले गत ०७७ देखि कुनै पनि सरकारी संस्थामा नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको पाइएपछि जरिवान गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टीका शर्माले जानकारी दिइन्। 

प्रमुख शर्माका अनुसार बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु प्रयोग गरिएको, उत्पादित वस्तुमा लेबल नभएको, नापतौल उल्लेख नगरिएको, उद्योगमा उत्पादन तथा बिक्री तथा अनुमति नभएका गुट्खा, चकलेट, मिठाइलगायतका खाद्य सामग्री फेला परेको थियो।

अनुगमन टोलीले उद्योगको एउटा मेसिन र उत्पादित सामग्री भण्डारण गरिएको कक्षमा सिल गरिएको हो। यस्तै, उद्योगलाई तीन दिनभित्र सम्बन्धित कार्यालयहरूबाट नवीकरण तथा अनुज्ञापत्र नवीकरण गर्न र थप प्रक्रिया पूरा गर्न घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थति हुन निर्देशन दिइएको छ।

यस्तै, अनुगमन टोलीले अनुगमनका क्रममा थप तीनवटा पसल तथा व्यवसायलाई जरिवान गरी सचेत गराइएको छ। बस्तीपुरको सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानले सञ्चालन गरेको किराना तथा मासु पसललाई १०–१० हजारका दरले जरिवाना गर्नुका साथै सचेत गराइएको प्रमुख शर्माले बताइन्।

टोलीले सरसफाइ नगरेको, उपभोज्ञ मिति सकिएका सामग्रीहरू बेच्न राखेको खरिद तथा बिक्री बिल नभएको र दर्ताविना सञ्चालन गरेको पाइएपछि उनीहरूलाई जरिवाना गरिएको हो।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख शर्मासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र उपभेक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागतिा रहेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर