नेभिगेसन मेनु

भाउ बढेपछि अलैँची किसान हर्षित
सम्पादक:南亚网络电视
समय:2023-08-09 15:06

618a070242260_allainchi

कालो सुनले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अलैँचीको मूल्य चार वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा उच्च भएपछि किसान हर्षित भएका छन् । 

ताप्लेजुङमा अलैँची प्रतिमन (४० किलो)को ५५ देखि ६० हजारमा बिक्री भइरहेको अलैँची व्यवसायी महासंघ ताप्लेजुङकाका अध्यक्ष भद्रवीर रेग्मीले बताए । 

जिल्लामा भदौको पहिलो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको, तर किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष रेग्मीले बताए । यस वर्ष भाउ बढे पनि अलैँचीको उत्पादन भने धेरै नहुने देखिएको छ ।

हिउँदमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको अध्यक्ष रेग्मीले बताए । ताप्लेजुङमा चार हजार पाँच सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र ताप्लेजुङले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर