नेभिगेसन मेनु

बाँदरबाट खेती जोगाउन रुखमै बास
सम्पादक:南亚网络电视
समय:2023-07-22 12:40

Untitled-1

सुन्दा पनि अचम्म लाग्न सक्छ, यो समयमा आएर मानिसले रुखमा घर बनाएर बस्ने गरेका छन् भनेर तर गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले बाँदरबाट मकै खेती जोगाउनका लागि रुखमै घर बनाएर रात काट्ने काम गर्नुभएको छ ।

मकै खेती बाँदरबाट जोगाउनका लागि  निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि टहरा निर्माण गरेर बाँदर धपाउन बाध्य भएको न्यौपानेले बताउनुभयो । अग्लो रुखमा टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “घरमा एक्लै छु, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै टहरा बनाएर बाँदर हेर्नु र धपाउनुबाहेकको विकल्प भएन ।” बाँदर धपाउन स्थानीय सरकारले पनि पहल नगरेको उहाँको गुनासो छ । 

त्यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले किसानले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले किसान सधँै मारमा पर्ने गरेको बताउनुभयो । यो समस्याका कारण खेतीयोग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइ गर्नुबाहेक अर्को विकल्प नभएको उहाँको भनाइ छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले किसानले लगाएको अन्नबाली जङ्गली जनावरबाट जोगाउन समस्या भएको बताउनुभयो । जङ्गली जनावरलाई मार्न पनि कानुनले बन्देज लगाएको भन्दै सङ्घीय सरकारले नै उचित व्यवस्थापन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । तत्कालका लागि गाउँटोलका बासिन्दा मिलेर बाँदरलाई धपाउनुबाहेकको विकल्प नभएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति गुल्मीको सभामा पनि बाँदरलगायत अन्य जङ्गली जनावरले किसानले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले उचित व्यवस्थापन गर्ने नीति बनाउनुपर्नेमा स्थानीय सरकारले जोड दिएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर