नेभिगेसन मेनु

नेपालगञ्जमा मिर्गौलाको 'बायोप्सी' सेवा सुरु
सम्पादक:南亚网络电视
समय:2023-07-23 15:56

ण

नेपालगञ्ज, साउन ७ गते । पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा मिर्गौलासम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा सुरु गरिएको छ । मिर्गौलाका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित लाइफलाइन जनरल अस्पतालमा सो सेवा सुरु गरिएको हो । 

लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो । उहाँले हालसम्म यो सेवा नेपालगञ्ज लगायत यस क्षेत्रका अन्य कुनै पनि अस्पतालमा नरहेको जनाउँदै यो सेवाबाट मिर्गौलामा भएको समस्या, सो को निदान र उपचार गर्न आवश्यक जानकारी प्राप्त हुने बताउनुभयो । 

मृगौला रोग विशेषज्ञ डा. श्रेष्ठले पिसाबबाट धेरै प्रोटिन जानु, कम उमेरमै मिर्गौलामा समस्या देखिनु लगायत मिर्गौलासम्बन्धी अन्य विभिन्न समस्याका कारण बायोप्सी सेवाबाट थाहा हुने बताउनुभयो। 

यो सेवा अन्तर्गत मिर्गौलाको सानो टुक्रालाई शरीरबाट निकालेर जाँचका लागि बाहिर ल्याबमा पठाइने र रिपोर्ट आएपछि उपचार सुरु गरिने गरिन्छ । लाइफलाइन जनरल अस्पतालका अनुसार नेपालगञ्जबाट गरिएको बायोप्सीको जाँच भारतको नयाँ दिल्लीस्थित लाल प्याथ ल्याबमा पठाएर गराउने गरिएको छ । त्यसको रिपोर्ट आउन १४ दिन लाग्ने गरेको छ । 

अस्पतालका प्रमुख डा. श्रेष्ठले हालसम्म बर्दियाका दुई र बाँकेका दुई गरेर चारजनाको बायोप्सी गरिएको जनाउँदै जाँचका लागि दिल्ली पठाइएकोमा रिपोर्ट कुरिरहेको बताउनुभयो । हालका लागि महिनामा दुई पटक मात्र सो अस्पतालमा बायोप्सी गर्ने गरिएको छ । डा. पारस श्रेष्ठ, डा. क्रिस्टी श्रेष्ठ र पाटन अस्पतालका डा. विमल पाण्डे गरेर तीन जना चिकित्सकको टोलीले बायोप्सी गर्ने गरेको अस्पतालले जनाएको छ । 

हालसम्म यहाँ सो सेवा नहुँदा बिरामीलाई बायोप्सीका लागि बुटवल, काठमाडौं वा भारतको लखनउ जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यताको अन्त्य भएको बिरामीले जनाएका छन् । 

एक्कासी मिर्गौलामा समस्या देखिएका बर्दिया राजापुरका एक जना बिरामीले नेपालगञ्जमै बायोप्सी सुरु गरिएपछि बाहिर गएर धेरै पैसा र समय खर्चिनुपर्ने बाध्यता समाप्त भएको बताउनुभयो । उहाँले आफूले नेपालगञ्जमै बायोप्सी गराएको जनाउँदै रिपोर्ट कुरिरहेको पनि बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर