नेभिगेसन मेनु

सानो सोताले छेक्यो ठूलाे पुलको बाटो
सम्पादक:南亚网络电视
समय:2023-07-21 16:53

pul-

तुलसीपुर – १८ को मनिकापुर हुँदै वडा १९ को बिजौरी जोड्ने सडकमा पर्ने खोलामा पुल निर्माण भएको छ । वडा १८ र १९ को सीमामा पर्ने चौवा खोला र १९ को चमाइ खोलामा लुम्बिनी प्रदेश सरकारको बजेटबाट दुई वटा पुल निर्माण भइ सञ्चालनमा आएको हो । 

हात्ती छिर्‍याे पुच्छर अड्कियो भनेजस्तै दुई वटा ठूला खोलामा पुल बने पनि  भुरभुरे सोतामा कल्भर्ट निर्माण नहुँदा पुलको बाटो छेकिएको छ ।

तुलसीपुर –१८ का पञ्चाराम विश्वकर्माले दुई वटा खोलामा पुल निर्माण भए पनि सानो सोतामा कल्भर्ट नहुँदा आवतजावत गर्न समस्या भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्कुल जानका लागि वर्षायाममा घुमाउरो बाटो भएर ३० मिनेटको बाटोको समयमा डेढ घण्टा लाग्नेगरेको बताउनुभयो । 

तुलसीपुर १९ की जानकी शर्माले सानो सोतामा कल्भर्ट नभएकै कारण लाखौं रुपियाँ खर्चिएर बनाएको पुल बेकामे भएको बताउनुभयो । उहाँले सोतामा कल्भर्ट नहुँदा बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्ने समस्या भएको बताउनुभयो । 

तुलसीपुर –१९ का ८४ वर्षीय दुर्गाबहादुर खत्रीले सोही बाटो भएर आर्यघाटमा मुर्दा लैजानका लागि सोतामा कल्भर्ट नहुँदा समस्या सिर्जना भएकाले तत्काल निर्माण गर्नुपर्ने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका वडा –१९ का वडाध्यक्ष प्रेमनाथ योगीले उक्त सोतामा सामान्य कल्भर्टका कारण वर्षायाममा काम नै नलाग्ने भएकाले वडाको बजेटबाट योजना सम्पन्न गर्न समस्या भएको बताउनुभयो । त्यसका लागि पालिकासँग रकम माग गरिएको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले वडा १८ र १९ को अधिकांश क्षेत्रलाई समेट्ने सो बाटो भएकाले आर्थिक वर्ष २०८०–८१ मै कार्य सम्पन्न गर्ने गरेर आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । उहाँले सामान्य संरचना निर्माण नभएका कारण लाखौको संरचना प्रयोगविहीन र जनताले सास्ती व्यहोर्दै आएकाले पहिलो प्राथमिकतामै राखेर यसै वर्ष संरचना निर्माण गरिने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर